खेलकुद क्षेत्रको पनि घट्यो बजेट, २ अर्ब ३६ करोड विनियोजन
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार १:४:५१
१५ जेठ, काठमाडौं । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गदैँ युवा तथा खेलकूद क्षेत्रका लागि रु दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेको बताए ।
जुन खेलकूद मन्त्रालयको चालू आर्थिक वर्षको बजेटभन्दा निकै रकम कटौती भएको छ । चालू आर्थिक वर्षमै रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले निर्माणधीन अन्तरराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रङ्गशाला निर्माणमा समेत बजेट विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै खेलकूद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता सञ्चालन हुनसक्ने गरी खेलकूद पूर्वाधार विकास गर्न बजेट छुट्याएको बताए ।
उनले उच्च पर्वतीय खेलकूद तालिम केन्द्र स्थापना गर्न र थप कभर्डहल निर्माण गर्न बजेट व्यवस्था गरेको जानकारी गराउँदै नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न, राष्ट्रिय पूर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार