चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बुधबार २२:२:११
२१ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिए। “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उनले भने ।
अत्यावश्यक कामबाहेक लुकीछिपी चन्द्रागिरिमा आउने व्यक्तिको आरडिटी, पीसीआर परीक्षण र क्वारेन्टिनमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने निर्णय भएको नगरप्रमुख गिरीले बताए। काठमाडौं उपत्यकाको प्रमुखद्वारका रूपमा रहेको चन्द्रागिरि नाकामा कडाइका साथ जाँच गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार