लकडाउनको आज ७४ औं दिन, सडकमा सवारी साधनको चाप बढ्याे
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार १९:१७:१९
२३ जेठ, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको लकडाउनको आज ७४ औं दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याइएको छ ।
सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन् । जसका कारण मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिष्ठानका कर्मचारी र व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ ।
कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिँदै आएका छन् ।
यसैबीच, विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी सरकारले गरिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चीनले पनि ७४ औं दिनपछि लकडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७४ औं दिन पुग्दा संक्रमणको दर झनै बढ्दै गएको छ ।
उद्योगी, व्यवसायी तथा सर्वसाधारणले लकडाउनबारे विचार गर्न सरकारसँग माग गरिरहेका बेला मन्त्रिपरिषद्मा त्यसबारे छलफल भएको र उपयुक्त निर्णय लिन प्रस्ताव तयार पार्न थालिएको बताइएको छ । चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनको शैलीमा केही परिमार्जन गरिएको भएपनि यसलाई जेठ मसान्तसम्म निरन्तरता दिने विचारमा सरकार भएको बताइन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार