प्रहरी संगठन नेकपाको कब्जामा !
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार २२:३८:४६
२३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार राज्यका सबै संयन्त्र कब्जा गर्ने रणनीतिमा रहेको छ ।कम्युनिष्ट सरकारको पहिलो ध्यान प्रहरी प्रशासनमा देखिएको छ । सत्तामा रहँदा होस् वा विपक्षमा कम्युनिष्टहरु प्रहरी संगठनमा आफ्नो पकड बलियो बनाउन सधैं क्रियाशील देखिने गरेका छन् । जसले गर्दा इमान्दार, व्यवसायिक र गैरकम्युनिष्ट पृष्ठभुमिका प्रहरी कर्मचारीले नेकपाको सरकारका बेला अन्याय र तिरष्कार झेल्नु परेको छ ।
राज्यका हरेक संयन्त्रमा आफ्नो पकड कायम गरी आगामी निर्वाचनमा समेत बहुमत ल्याउने उद्देश्यका साथ ओली सरकार अगाडि बढेको छ । सरकारी संयन्त्रमध्ये सबैभन्दा प्रभावशाली मानिएको प्रहरी संगठनमा अहिले पकड कायम गर्न ओलीको ध्यान केन्द्रित भएको हो । प्रहरी संगठनभित्र अहिले पूर्णरुपमा राजनीतिक दल र नेताको प्रभाव छ । खासगरी वाम पृष्ठभुमिका वा समर्थक प्रहरी नै ओली राज्यमा सरुवा बढुवामा सधैं पुरष्कृत हुने गरेका छन् ।
पछिल्लोपटक भएको इन्सपेक्टरदेखि डीआईजीसम्मको बढुवा र सरुवामा राम्राभन्दा हाम्रा मान्छेले प्रशय पाएको छलङगै देख्न सकिन्छ । इमान्दार, क्षमतावान र व्यवसायिक प्रहरी अधिकृतले भन्दा सत्तारुढ नेताको चाकडी बजाउने, बिफ्रकेश चढाउने र बिगतमा बाम पृष्ठभुमि भएकाहरुको हालीमुहाली बढ्दै गएको छ । बिगतमा कांग्रेस पृष्ठभुमिका वा कांग्रेस नेतासँग नजिकको सम्बन्ध भएकाहरु जतिसुकै व्यवसायिक र काबिल अफिसर भएपनि बढुवा र सरुवामा पाखा पर्दै जान थालेका छन् ।
कांग्रेस नेतृत्वको सरकार रहँँदा होस् वा आफुलाई कांग्रेस पृष्ठभुमिका आईजीपी बताउनेहरु हुँदासमेत बढुवा सरुवामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा भने वाम समर्थककै हालीमुहाली हुने गरेको छ । त्यसको निरन्तरता अहिले पनि उत्तिकै देखिएको छ । जसले गर्दा गैर बाम समर्थक वा पृष्ठभुमिका प्रहरी कर्मचारीले संगठनमा सधैं अन्याय र अपमान सहनुपरेको धेरै प्रहरीको गुनासो छ ।
बिगतदेखि नै प्रहरीको सरुवा बढुवामा ठूलै चलखेल हुने गरेको छ । अझ आईजीपी बनाउने खेलमा दुई प्रमुख पार्टीबीच बिगतमा भएको रस्साकस्सी र विवादमा सर्वोच्च अदालत र प्रधानन्यायाधिशसमेत मुछिएको इतिहास धेरै भएको छैन् । एमाले पृष्ठभुमिका प्रधानमन्त्री केपी ओली र माओवादी पृष्ठभुमिका गृहमन्त्री रामबहादुर थापा बादलको साढे दुई बर्षे कार्यकालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक पाँढेपजँनी र चलखेल भएको छ । पछिल्लोपटक भएको इन्सपेक्टरदेखि डीआईजीसम्मको बढुवा र सरुवामा राम्राभन्दा हाम्रा मान्छेले प्रशय पाएको छलङगै देख्न सकिन्छ । इमान्दार, क्षमतावान र व्यवसायिक प्रहरी अधिकृतले भन्दा सत्तारुढ नेताको चाकडी बजाउने, बिफ्रकेश चढाउने र बिगतमा बाम पृष्ठभुमि भएकाहरुको हालीमुहाली बढ्दै गएको छ । बिगतमा कांग्रेस पृष्ठभुमिका वा कांग्रेस नेतासँग नजिकको सम्बन्ध भएकाहरु जतिसुकै व्यवसायिक र काबिल अफिसर भएपनि बढुवा र सरुवामा पाखा पर्दै जान थालेका छन् । अझ पछिल्लो समय प्रहरीको बढुवा र कमाउ तथा आकर्षक स्थानमा सरुवाका लागि प्रधानमन्त्री निवास बालुवाटारले नै सुक्ष्म चासो देखाउने गरेको छ ।
प्रहरी संगठनमा रहेका कम्युनिस्टहरु ताक परे तिवारी नत्र गोतामे जस्ता छन्– नाम बताउन नचाहने एक सिनियर अफिसर भन्छन् । अवस्था प्रतिकुल हुदाँ जाडोयाममा जमिनमुनि सर्प लुके झै लुक्ने तर आफ्नो अवस्था अनुकुल हुँदा गोमन सापले चैत्र महिनामा झै फँडा फिजाउने चरित्र उनीहरुको देखिने गरेको छ । त्यसैले कर्मचारी प्रशासन शाखामा सधैं वाम समर्थक वा झुकाव राख्ने रहने गरेका छन् – उनको गुनासो छ ।
संगठनको नेतृत्व गर्ने महानिरीक्षकले बालुवाटारको लिस्ट पास गर्न विवश हुने गरेको जानकारी प्राप्त भएको छ । या त बिगतमा पूर्णकालिन कार्यकर्ता भएको प्रमाणपत्र देखाउ या बालुवाटारमा सोझै पैसा बुझाएपछि मात्रै बढुवा तथा राम्रो र आकर्षक ठाउँमा सरुवा हुने गरेको गुनासो गर्ने धेरै छन् । तर कारबाहीको डरले कोही पनि खुलेर कुरा गर्न आँट गर्दैनन् ।कम्युनिस्टहरू आवरणमा सोझा देखिएपनि सारमा भने ज्यादै क्रूर र मिचाहा प्रवृत्तिका हुनेगरेको प्रहरी संगठनकै भुक्तभोगीहरुको अनुभव छ ।
पछिल्लो समय प्रहरी संगठन यो प्रवृत्तिबाट ज्यादै नै प्रताडित भएको पाइन्छ । चेन अफ कमाण्डमा चल्नुपर्ने प्रहरी प्रशासन यति कमजोर हुनुमा नेतृत्व गर्नेहरुको पदमोह र आशक्ति नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । प्रहरी संगठनमा रहेका कम्युनिस्टहरु ताक परे तिवारी नत्र गोतामे जस्ता छन्– नाम बताउन नचाहने एक सिनियर अफिसर भन्छन् । अवस्था प्रतिकुल हुदाँ जाडोयाममा जमिनमुनि सर्प लुके झै लुक्ने तर आफ्नो अवस्था अनुकुल हुँदा गोमन सापले चैत्र महिनामा झै फँडा फिजाउने चरित्र उनीहरुको देखिने गरेको छ । त्यसैले कर्मचारी प्रशासन शाखामा सधैं वाम समर्थक वा झुकाव राख्ने रहने गरेका छन् – उनको गुनासो छ ।
जसको सरकार आएपनि नेपाल प्रहरीको कप्र शाखामा बाम सर्मथक एसपी आउने गर्दछन् – अर्का एक डीएसपीको पनि यस्तै दुखेसो छ । ०६४/०६५ मा एकपटक कांग्रेस सर्मथक डीएसपी मीनप्रसाद पौडेल बाहेक सधैं त्यहाँ वाम पक्षधरकै बोलबाला रह्यो – उनी भन्छन् । जस्तो की शशीहजुर सिलवाल, केदार रिजाल, रविन्द्रनाथ रेग्मी, ठाकुर ज्ञवाली, वसन्त लामा, सन्दीप भण्डारी, विश्व पोखरेल, रेबती ढकाल, चन्द्रकुबेर खापुङहरु नै उक्त शाखामा प्रमुख भएर बसे, ती सबै वाम समर्थक हुन् – उनी भन्छन् । अहिलेका एसपी जर्नादन जिसीको पनि बामप्रति झुकाव देखिन्छ ।
बिगत दुई बर्ष कर्मचारी प्रशासनमा फुर्तिका साथ रजगज गरेका चन्द्रकुबेर खापुङले आफ्ना प्रतिस्पर्धी र कांग्रेस पृष्ठभूमि भएकाहरुलाई रेट्ने काम गरेका थिए । उनलाई सघाउने काम डीएसपी प्रकाश रानाभाट र सुवास बोहोराले गरेका थिए । यसको सम्पूर्ण जानकारी भएपछि मानव श्रोतका एआईजी शैलेश थापाले अबदेखि जेष्ठता र सिनियर प्रहरी अधिकृतको कार्य सम्पादन मूल्याङ्कन आफैले हेर्ने भनेर आदेश दिएका छन ।
उनीहरुले सरुवा बढुवामा सधैं चलखेल गर्ने गर्छन् । या त कम्युनिष्ट नभए पैसाको बिटोले मात्र काम गर्छ – एकजना उच्च प्रहरी अधिकृतकोे भनाई छ । उनी भन्छन्–“नेकपा पार्टीमा लेबी बुझाएको प्रमाणसहित आए मात्र कर्मचारी प्रशासनको गुड लिष्टमा चढ्ने हो । सरुवा बढुवामा आजकल बालुवाटारबाट लिस्ट आएपनि कुनैबेला आफ्नो हात माथिपर्ने अवस्थामा बाम सर्मथक प्रहरी कर्मचारीलाई उपयुक्त ठाउँ दिनको लागि पछाडि पर्दैनन् । पार्टीमा लेबी बुझाएपछि त्यसको नाम प्रमाणसहित कप्रको प्रमुखलाई बुझाएपछि मात्र त्यसको नाम गुड लिस्टमा चढ्छ ।”
कुनैबेला कांग्रेस सर्मथक हेमबहादुर गुरुङ र उपेन्द्रकान्त अर्याल आईजीपी भएपनि कर्मचारी प्रशासन शाखामा भने आफ्ना पक्षका अफिसर राख्न रुचि देखाएनन् । यसअघिका महानिरीक्षक सर्वेन्द खनाल त पद टिकाउनको लागि चन्द्रकुबेर खापुङको आदेशसमेत मानेर जागिर खानेमा पर्छन् । बिगत दुई बर्ष कर्मचारी प्रशासनमा फुर्तिका साथ रजगज गरेका चन्द्रकुबेर खापुङले आफ्ना प्रतिस्पर्धी र कांग्रेस पृष्ठभूमि भएकाहरुलाई रेट्ने काम गरेका थिए । उनलाई सघाउने काम डीएसपी प्रकाश रानाभाट र सुवास बोहोराले गरेका थिए । यसको सम्पूर्ण जानकारी भएपछि मानव श्रोतका एआईजी शैलेश थापाले अबदेखि जेष्ठता र सिनियर प्रहरी अधिकृतको कार्य सम्पादन मूल्याङ्कन आफैले हेर्ने भनेर आदेश दिएका छन ।
यसरी गरिन्छ बढुवाको कार्यसम्पादन मुल्याङकन मै षडयन्त्र
पूर्व आईजीपी कुवेरसिंह राना र तत्कालिन गृहसचिव नविन घिमिरेको पालामा निकै वैज्ञानिक भनेर ल्याइएको कार्यसम्पादन मुल्याङकनको ४० नम्बर मध्ये २० नम्बर फिल्डमा खटिने कमान्डरलाई सुपेरीवक्षकका रुपमा सम्बन्धित एसपी वा सीडीओले दिने गर्छन् भने पुनरावलोकनकर्ताको रुपमा डिआईजीले १० नम्बर दिने गर्छन् । तर खास चलखेल भने पुनरावलोकन कार्य समितिको १० नम्बर र चुनौतिपूर्णको ५ नम्बरमा हुने गर्छ । जहाँ कप्रको एसपीको मनोमानी चल्ने गर्छ । उसले आफ्नो मनपर्ने प्रहरीलाई पूर्णाङक १० मा १० र ५ मा ५ नम्बर नै दिने गर्छ भने मन नपर्नेलाई ६ र २.५ मात्र दिने गरिन्छ । जुन समितिमा आईजीपी, एआईजीपी र गृहको सहसचिव हुन्छन् । तर उनीहरुले त्यसमा खासै मतलब नराखी कप्रकै एसीको विश्वासमा आँखा चिम्लेर सही ठोक्ने गर्छन् । कसलाई बढुवा गर्ने नगर्ने भनेर यो कमिटीले निर्णायक भूमिका निर्वाह गर्नेगर्छ । यसरी कासमुको नाममा बढुवामा फरक पारिन्छ करिब ७ नम्बरले । अर्कोतर्फ बढुवा समितिको स्वविवेकमा दिइने ७.५ नम्बरमा जसलाई बढुवा गर्नुपर्ने हो त्यसलार्ई फुल नम्बर दिइन्छ भने बढुवा दिन नचाहेकोलाई जम्मा ०.७५ दिईन्छ ।
एसपीका आफ्ना प्रतिस्पर्धीको कासमुको कम नम्वर चढाउने काम खापुङ्गले गरे भने र भुवनेश्वर तिवारी, ऋषि कडेल, अमेन्द्रबहादुर सिङ र सुरेश काफ्ले जस्ता काबिल अफिसरको घाँटी रेट्ने काम डीएसपी प्रकाश रानाभाटबाट भयो । २०५८ सालमा प्रहरी निरीक्षक भएका भुवनेश्वर तिवारी, ऋषि कँडेल ,राजेन्द्रबाबू रेग्मी, अमरेन्द्र बहादुर सिंह, नकुल पोखरेल, राजकुमार सिलवाल,श्यामसिंह चौधरी, महेन्द्रकुमार श्रेष्ठ, सुरेश काफ्ले, पद्म विष्ट र बासुदेव खतिवडाको सम्बन्धमा बिगत २ बर्षको तत्कालिन डीएसपी प्रकाश रानाभाट र पछिको १ बर्षको डीएसपी सुबासचन्द्र बोहोराले चुनौतीपुर्णमा २.५ र पुनरावलोकन समितिमा ६ नम्बर दिएर पठाएको बुझिएको छ ।
यसपटक पनि बालुवाटारबाट डीएसपीबाट एसपी र एसपीबाट एसएसपी बनाउने लिष्ट आएपछि बिगतको कार्यसम्पादन कस्तो छ भनेर सूक्ष्म रुपमा अध्ययन गर्दै उनीहरुको नाम गुडलिष्ट रुपमा राखिएको दावी बढुवाबाट बञ्चित भएका एकजना अधिकृतको छ । उनी भन्छन्, “बिगत दुई बर्षमा आफुलाई मन नपर्ने र आफ्ना प्रतिस्पर्धी ब्याची एवं कांग्रेस पृष्ठभूमि भएकाहरुलाई रेटने काम कप्र शाखाका तत्कालीन एसपी चन्द्रकुबेर खापुङ्ग र तत्कालीन डीएसपी प्रकाश रानाभाटको भुमिका सक्रिय रहयो । कार्यसम्पादनको ४० नम्बर मध्ये ३० नम्बर तलबाट आउछ भने बाँकी १० नम्बर भनेको प्रहरी महानिरीक्षकको तजबिजमा मनपर्नेलाई १० नम्वर, मन नपर्नेलाई जम्मा ६ नम्बर दिने काम यो टोलीबाट भयो ।” यसलाई पुनरावलोकन समितिको नम्बर भनिन्छ । बाँकी चुनौतिपुर्ण कार्यवापतमा मनपर्नेलाई ५ र मन नपर्नेलाई २.५ नम्वर दिइयो ।
करिब ७ नम्बरको फरक पारेपछि बढुवाको सम्भावित लिष्टबाट उ हटछ । यो प्रक्रिया बिगत ३ बर्षसम्म चलिरहयो । एसपीका आफ्ना प्रतिस्पर्धीको कासमुको कम नम्वर चढाउने काम खापुङ्गले गरे भने र भुवनेश्वर तिवारी, ऋषि कडेल, अमेन्द्रबहादुर सिङ र सुरेश काफ्ले जस्ता काबिल अफिसरको घाँटी रेट्ने काम डीएसपी प्रकाश रानाभाटबाट भयो । २०५८ सालमा प्रहरी निरीक्षक भएका भुवनेश्वर तिवारी, ऋषि कँडेल ,राजेन्द्रबाबू रेग्मी, अमरेन्द्र बहादुर सिंह, नकुल पोखरेल, राजकुमार सिलवाल,श्यामसिंह चौधरी, महेन्द्रकुमार श्रेष्ठ, सुरेश काफ्ले, पद्म विष्ट र बासुदेव खतिवडाको सम्बन्धमा बिगत २ बर्षको तत्कालिन डीएसपी प्रकाश रानाभाट र पछिको १ बर्षको डीएसपी सुबासचन्द्र बोहोराले चुनौतीपुर्णमा २.५ र पुनरावलोकन समितिमा ६ नम्बर दिएर पठाएको बुझिएको छ ।
किनकि भविष्यका आईजीपीको प्रतिस्पर्धामा यिनै व्यक्ति थिए ।” उनले भनेका छन् । पुर्वप्रउ नरेन्द्रप्रसाद उप्रेतीको शब्दलाई सापटी लिने हो भने मतपत्र च्यातेर नेता बन्ने ,कासमु केरेमेट गरेर प्रमोशन हुने, गीता छोएर शपथ खाने, गुलाम चाकरीबाज र नौटंकीहरुले बढुवा समितिबाट भएको भनेर नाटक गर्नेहरुको कमी छैन । हालै एसपीबाट एसएसपी बढुवा गराउँदा निलगिरी थकाली भान्छा घरमा गोप्य भेला भएको भनेर पत्रकार रवि धामीले आफ्नो फेसबुक वालमार्फत खुलासा गरेका थिए ।
ठूलो संख्यामा गरिएको उक्त बढुवा नेपाल प्रहरीको इतिहास मै सर्वाधिक विवादित रह्रयो । जहाँ जेष्ठता, कार्यक्षमता र व्यवसायिकतालाई भन्दा पार्टी निकट र बिफ्रकेश बुझाउनेहरुलाई मात्र बढुवा गरिएको आरोप प्रहरीबाटै लाग्दै आएको छ । आफुलाई सधैं व्यवसायिक र इमान्दार प्रहरी अधिकृतको रुपमा चिनाउँदै आएका धेरै वरिष्ठ प्रहरी अधिकृतहरुलाई बढुवाबाट बञ्चित गर्ने काम मात्र भएन उनीहरु भन्दा २ ब्याच पछिल्ला प्रहरीको बढुवा गरेर ह्रयुमिलियट गर्ने परम्परा पनि ओली सरकारकै पालामा भएको छ ।
कर्मचारी प्रशासन शाखा प्रमुखको बढुवा प्रक्रियामा ठूलो भूमिका हुने गर्छ, त्यसैले वामपन्थी पक्षधरको पहिलो रोजाई नै त्यहाँ रहने गरेको छ – गृह मन्त्रालयका एक सहसचिव भन्छन् । अहिले कर्मचारी प्रशासन शाखामा रहेका बाम सर्मथक प्रहरी कर्मचारीको काम भनेकै गैर कम्युनिष्टलाई सक्ने हो । खासगरी कांग्रेस सर्मथक प्रहरीको नाममा रातो कलमले क्रस लगाउने गरिन्छ भने बाम सर्मथक कर्मचारीको हकमा भने हरियो कलमले राइट लगाउने काम हुन्छ । त्यो लिष्ट नेकपाका नेता वा पार्टी कार्यालयमा जाहेर गर्ने प्रचलन छ । अझ अहिले त त्यो लिष्ट बालुवाटार मै बुझाउने प्रचलन रहेको बताइन्छ ।
वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि सधैं वाम समर्थक भएकैले बढुवामा अवसर प्राप्त भएको धेरैको बुझाई छ ।आईजीपी र एआईजीको बढुवामा जेष्ठतालाई प्रमुख आधार मानिएपनि डीआईजी, एसएसपी, एसपी र डीएसपीको बढुवामा भने बालुवाटारको लिष्ट, बाम सर्मथक र पैसाको व्यवस्थापन गर्ने खुवी भएको आधारमा बढुवा भएको आरोप एकजना उच्च प्रहरी अधिकृतको छ । ठूलो संख्यामा गरिएको उक्त बढुवा नेपाल प्रहरीको इतिहास मै सर्वाधिक विवादित रह्रयो । जहाँ जेष्ठता, कार्यक्षमता र व्यवसायिकतालाई भन्दा पार्टी निकट र बिफ्रकेश बुझाउनेहरुलाई मात्र बढुवा गरिएको आरोप प्रहरीबाटै लाग्दै आएको छ । आफुलाई सधैं व्यवसायिक र इमान्दार प्रहरी अधिकृतको रुपमा चिनाउँदै आएका धेरै वरिष्ठ प्रहरी अधिकृतहरुलाई बढुवाबाट बञ्चित गर्ने काम मात्र भएन उनीहरु भन्दा २ ब्याच पछिल्ला प्रहरीको बढुवा गरेर ह्रयुमिलियट गर्ने परम्परा पनि ओली सरकारकै पालामा भएको छ ।
यस्तो पनि भयो बढुवामा
आफुलाई मनपर्ने तर गर्न नसक्नेलाई बढुवाको बिहानसम्ममा मेरो तर्फबाट हुनसकेन हैं, सक्छस् भने बाहिर शक्ति लगा भनेर स्वम आईजीले सुझाव दिएको एक प्रहरी अधिकृतले दावी गरेका छन् । डीएसपीद्धय राजकुमार सिलवाल र देबेन्द्र पाललाई आईजीपी ज्ञवालीले यसो भनेको ती अधिकृतको दावी थियो । डीएसपी पाल र आईजीपीको घर बालाजु वनस्थलीमा सँगै रहेको छ ।
प्रहरी संगठनमा अब कांग्रेस पृष्ठभूमि भएकाहरुलाई कुनैपनि हालतमा पोलिसी लेभलसम्म जान नदिने ओली सरकारको रणनीति रहेको ती अधिकृतको बुझाई छ । उनी भन्छन् –“बाम पृष्ठभुमि भएका आईजीपी ठाकुर ज्ञवालीले डीएसपीबाट एसपीमा बढुवा गर्दा डीएसपीद्धय बामदेव गौतम र प्रबिण धितालको पक्षमा चट्टानि अडान लिए ।” उनले संगठनको चस्माले भन्दापनि बाम चस्माले हेरे । आखिर जुन जोगी आएपनि कानै चिरेको, उनी भन्छन् । अब ०७९ सालसम्म हाम्रो भविष्य छैन भनेर निधारमा हात लगाउदै उनले हिसाब किताब पनि हुन्छ भनेर चेतावनीपुर्ण आक्रोश दिएका छन् ।
यही असार २४ गते आईजीपी ज्ञवाली अवकाश हुँदैछन् । त्यसपछि ३ जना डिआईजीलाई एआईजी तथा ५ जना डीआईजीको बढुवा गर्दा प्रत्येकबाट कम्तीमा ४० लाखको दरले उठाउने भनेर बालुवाटारले उर्दी जारी गरेको प्रहरी उच्च स्रोतको भनाई छ । जसमा एकजना एआईजीको दरबन्दी थपिने छ भने ४ जना डीआईजीको दरबन्दी थपिने तयारी भइरहेको छ । यस्तो हल्ला प्रहरी प्रधान कार्यालयमा खुलेआम हुने गरेको छ । उता, यही जेठ १५ गतेदेखि सरुवा बढुवा रोक्नु भनी गृहसचिवबाट आईजीपीलाई आदेश भैसकेको बुझिएको छ ।
को होला भावी आईजीपी ?
वर्तमान सरकार कायम रहे पछिल्लो अबस्थामा आईजीपीको लागि शैलेश थापा र हरि पालबीच भिडन्त देखिन्छ । शैलेश निकट महेश बस्नेत सांसद अपहरण काण्डमा बदनाम भएकोले हरि पालले बाजी मार्नसक्ने अनुमान गरिएको छ । हरि पाललाई ओली ,प्रचण्डका ज्वाई जीवन र अन्तर्राष्टिय शक्तिबाट बलियो समर्थन रहेको हल्ला नक्साल परिसरमा हुने गरेको छ ।
त्यसपछि सहकुलबहादुर थापा र विश्व पोखरेल बीच तथा अर्को ब्याचमा दीपक थापा र चन्द्रकुबेर खापुङ्गको प्रतिस्पर्धा हुने भएको छ । दीपक थापालाई प्रचन्ड र ईश्वर पोखरेलकोे साथ छ भने खापुङ्गलाई पुर्बका कम्युनिस्टहरु र यदि पे्रम राई अख्तियार प्रमुख भए भने उनको पनि साथ सहयोग रहने अनुमान प्रहरी वृत्तमा हुने गरेको छ ।
अब प्रहरी महानिरीक्षक छनोट गर्न त्यति सजिलो छैन । यसअघि ठाकुर ज्ञवाली बाम सर्मर्थक थिए भने तारिणी कांग्रेस समर्थक । तर परिस्थितिले कोल्टो फेर्यो भने शेखर कोइरालालाई बिश्व पोखरेलले मिलाउन सक्दछन् भने शेरबहादुर देउवालाई दीपक थापाले मिलाउन सक्दछन् । तर दलहरु अस्तित्वविहिन भएभने उमेश जोशीले बाजी मार्ने अनुमान हुनगरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार