तलब माग्दा जागिर गयो
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार १९:३५:२८
♦ प्रकाश डोटेल
२५ जेठ, काठमाडौं । स्याङ्जा सदरमुकामस्थित एक सहकारीका कर्मचारीले तलब माग्दा जागिर गएको छ । पुतलीबजार नगरपालिका १ ठाडोलाईनको साहारा वचत तथा ऋण सहकारी संस्था लि.मा कार्यरत यानी गुरुङ्ले बन्दाबन्दी अवधिको तलब माग्दा जागिर गएको हो ।
“बन्दाबन्दीको अवधिमा कार्यालय खुलेको थिएन् तर घर चलाउन समस्या भएपछि तलब मागेको थिएँ ।” गुरुङ्ले भनिन्, “धेरै प्रयासपछि तलब त पाएँ तर तलब दिएपछि अबदेखि कार्यालयमा नआउनु भनिदिए ।” करिब १० महिनादेखि संचालित सहकारीमा गुरुङ् करारमा बजार प्रतिनिधिका रुपमा कार्यरत थिईन् ।
“सरकारले बन्दाबन्दी लागु गरेपछि पूर्णरुपमा कार्यालय बन्द भएको थियो ।” सहकारीका सचिव तथा कार्यालय व्यवस्थापन प्रमुख श्यामकृष्ण श्रेष्ठले भने, “बन्द रहेको सहकारीले करारका कर्मचारीलाई तलब दिन नसक्ने भएपछि हालसम्मको तलब दिएर नआउनु भनेका हौं ।”
स्थापना कालदेखिको कर्मचारी भएरपनि आफुलाई तलब माग्दा कार्यालय नआउनु भन्दा दुःख लागेको गुरुङ्ले सुनाईन् । “सहकारीहरुले कर्मचारीलाई जानकारी र स्पष्टीकरण बिना एक्कासी निष्काशन गर्न मिल्दैन् ।” जिल्ला सहकारी संघ लि. का पूर्व अध्यक्ष केशवराज लम्सालले भने, “जानकारी नदिएर कारण बिना कर्मचारी निकाल्नु अपराध हो ।”
शिक्षक सेवाबाट निवृत्त श्रेष्ठ शिक्षक सेवामा रहँदासमेत बिवादित व्यक्ति हुन् । सेवाबाट निवृत्त भएपछि श्रेष्ठ लगायतको अगुवाईमा जिल्ला सदरमुकाममै २ वर्षअघि स्थापित निवृत्त राष्ट्र सेवक सहकारीमा समेत श्रेष्ठले मनोमानी र आर्थिक अपचलन गरेको आरोप लागेपछि राजिनामा दिन बाध्य भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार