प्रधानमन्त्रीको दुई विकल्प : भ्रष्टको मुख हेर्ने वा जनतासँग आत्मसमर्पण गर्ने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार २२:४७:११
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-oli-corropt-pm_P66a82neMn.jpg)
♦ यज्ञप्रसाद भट्टराई
२५ जेठ, काठमाडौं । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पदबहाली हुँदाको पहिलो वाक्यांश भनेकै “म भ्रष्टाचार पनि गर्दिन, र भ्रष्टाचार हुन पनि दिन्न” या भ्रष्टाचारमा शुन्य सहनशीलता भन्ने रहेको थियो । तर सरकार गठन भएदेखि नै सरकारमा संलग्न भएका मन्त्रीहरुबाटै मौलाएका भ्रष्टाचारका पालुवाहरुलाई निर्मलीकरण गर्ने भन्दापनि स्वयं प्रधानमन्त्रीबाटै थप मलजल गर्ने गरेको जगजाहेर भैसक्यो । अझ बढी हौँसिदै “म भ्रष्टाचारीको मुख पनि हेर्दिन” भन्ने अभिव्यक्तिलाई आम नागरिकले पहिला सकारात्मक रुपमा नै लिए पनि भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका मन्त्रीहरुलाई नै सुन जोख्ने तुलामा राखेर चोख्याउन थालेपछि भने आम नागरिकले यो पनि प्रधानमन्त्रीको उखानटुक्काकै परिस्कृत रुपमा मात्रै लिन थालेका हुन ।
मुलुक सही मानिसको हातमा पर्यो भने देशमा विकासको मूल फुट्छ, यदि गलत मानिसको हातमा मुलुक पर्यो भने मुलुक तहसनहस त हुन्छ नै । आमनागरिक, राज्य सञ्चालनका निकायहरु लगायत मुलुकको सुरक्षा निकायमा पनि नकारात्मक असर पार्दछ । राजनीतिलाई फोहोरी खेलका रुपमासमेत चित्रित गर्ने गरिन्छ । त्यसैले त प्रायः असल चरित्र भएका मानिसहरु राजनीतिमा विरलै मात्रै देखा पर्दछन् या राजनीतिमा आउन चाँहदैनन् ।
राजनीतिमा पक्ष, विपक्ष हुने भएको र आफु संम्लग्न रहेको दलको गलत कामको पनि समर्थन गर्नु पर्ने साथै विपक्षीका असल कामको पनि विरोध नै गरिदिनु पर्ने अवस्था दलीय व्यवस्थामा भएकोले गर्दा पनि ईमान्दार मानिसहरु प्रायः राजनीतिमा संलग्न नभएको देखिन्छ । यसको अर्थ असल मान्छे राजनीतिमा छँदै छैनन् भन्ने चाहीँ पटक्कै होईन, जो ईमान्दार छन् उनीहरु सधै पछि पर्दै आईरहेका छन् । यसले आम नागरिकमा राजनीतिलाई मुलुक निर्माणको पर्यायका रुपमा नभई आर्थिक उपार्जनको माध्यमका रुपमा मात्रै लिने गरेको पाईन्छ ।
तपाईसँग अझ आँट र साहस छ भने, भ्रष्टाचारीहरुलाई कार्वाही गर्न सक्छु भन्ने दृढ संकल्प छ भने यी भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने एउटा छुट्टै संयन्त्र बनाउनुस् । आफ्नै नेतृत्वमा भ्रष्टाचारीहरुलाई कार्वाही गरेर देखाउनुस् । नेपालको ईतिहासमा भ्रष्टाचारीलाई कार्वाही गर्न सक्ने हिम्मतिलो प्रधानमन्त्रीको रुपमा आफ्नो नाम लेखाउनुस् । डुब्न लागेको तपाईको राजनैतिक जीवनलाई यसले ह्वात्तै माथि उठाई दिन सक्छ । यत्ति गरे पछि हेर्नुस् हाई–हाई प्रधानमन्त्री भनेर जनताले तपाईको साथ दिन्छन् । यदि म पनि यिनै भ्रष्टका मतियारहरुकै संरक्षणमा रमाउँछु, यिनीहरुकै आड भरोषामा म पनि आनासुकी कमाउँछु, भन्ने सोचमा हुनुहुन्छ भने अब तपाईले पनि सत्ता छोडने दिन गन्ती शुरु गरे भो । भ्रष्टाचारीलाई कार्वाही गर्न सकिन भनेर जनतासँग आत्मसमर्पण गरे भो ।
वर्तमान नेपालको राजनीतिलाई राजनैतिक दलहरुले झनै दुर्गन्धित बनाई रहेका छन् । पार्टीका जिम्मेवार आन्तरिक पद हुन् अथवा निर्वाचनमा टिकट वितरणदेखि राजनैतिक दलका राजनीतिक गतीविधि सञ्चालन गर्नसमेत आर्थिक चलखेलका आधारमा नेतृत्वको नजिक र टाढा हुने प्रबृत्ति बढेकोले निर्धन र ईमान्दार कार्यकर्ताहरु दलबाट पाखा लाग्दै जाने र आर्थिक स्थितिले सबल या सम्पन्न व्यक्तिहरु दलमा हाबी हुने प्रचलन बढेको स्थितिमा रहेको देखिन्छ । अझ पार्टीलाई चन्दा दिएर सभासद लगायतका अन्य राजनैतिक तथा लाभका पद हत्याउने, निर्वाचित भएपछि पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेर आफ्नो व्यक्तिगत चरित्र साथैं सिंगो दलको प्रतिष्ठामासमेत आँच आउने गतिविधिका कारण नेतृत्व प्रतिको जन विश्वास गुम्दै गएको देखिन्छ ।
अहिले नागरिकहरु भन्न थालेका छन्, प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै नहेरेकाले अहिले भ्रष्टाचार निर्मूलै नहुने गरी मौलाएको हो । स्वयं सरकार नै भ्रष्टाचारमा पौडी खेल्न थालेकाले जनता सडकमा बौलाएर हिँड्नुपर्ने अवस्था बनेको छ । जनताहरु आजित भएर भन्न थालिसके, अब त अत्ति गरिसके भ्रष्टाचारीहरुले प्रधानमन्त्री ज्यू, अब आफ्नो पुरानो निर्णय फेर्नुस्, अब त अत्ति भो एक पटक भ्रष्टाचारीको मुख हेर्नुस् । भ्रष्टहरुले गरेका भ्रष्टाचारका बिषयमा आमने सामने राखेर केर्नसम्म केर्नुस् । यिनीहरुले गरेका हरेक गलत निर्णयका फायलहरु एक एक पल्टाएर हेर्नुस् । आप्mनै सहयात्री पनि यदि गलत भेटिए नागरिकका सामु उसका काला कर्तुतहरुको विवरण देखाई दिनुस् । अहिलेसम्म जे भो, भो अब बाँकी समयमा एउटा गतिलो र राम्रो काम गरेर मात्रै बालुवाटारबाट बालकोट फिर्नुस् ।
खोलामा बाँधेर फाल्नु पर्ने अबोध नवराज बिश्वकर्मालाई हैन यिनै भ्रष्टाचारीहरुलाई हो । तपार्इंले नहेर्दिनाले नै यिनीहरुको आत्मबल उच्च भो । यिनीहरु कै कारण तपाँईको पनि हुनुसम्मको बदनाम भो । अब भ्रष्टाचारीलाई काखी च्याप्ने हैन च्याप्प समातेर फुत्त फाल्ने बेला भो । तपाईले यी भ्रष्टाचारीहरुलाई पाता कसेर ल्याओ भनेर तपाईका सुरक्षा निकायलाई परिचालन गर्दै पर्दैन नागरिकहरुलाई आज्ञा मात्र दिनुस् जनताले २४ घण्टा नबित्तै तपाईका सामु हाजिर गराउँछन् । जनता तपाईले भ्रष्टाचारीहरुलाई खोकिलामा लुकाएर राखेको हैन पाता कसेर कार्वाही गरेको हेर्न मन पराउँदैछन् ।
यी भ्रष्टाचारीहरुलाई अहिलेको सुरक्षा निकायले कार्वाही गर्ने आँट नगर्न सक्छ । यिनीहरुकै आड भरोषामा कतिले जागिर खाएको हुन सक्छ । कतिले यिनै भ्रष्टका सिफारिसमा पदक र बढुवा पाएको हुन सक्छ । त्यसैले तपाईसँग अझ आँट र साहस छ भने, भ्रष्टाचारीहरुलाई कार्वाही गर्न सक्छु भन्ने दृढ संकल्प छ भने यी भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने एउटा छुट्टै संयन्त्र बनाउनुस् । आफ्नै नेतृत्वमा भ्रष्टाचारीहरुलाई कार्वाही गरेर देखाउनुस् । नेपालको ईतिहासमा भ्रष्टाचारीलाई कार्वाही गर्न सक्ने हिम्मतिलो प्रधानमन्त्रीको रुपमा आफ्नो नाम लेखाउनुस् ।
देश भ्रष्टाचारको दलदलमा फँसेको, जनता घर भित्रै भोक भोकै बसेको, सरकारले करका नाममा उद्योगी व्यापारीलाई डस्नुसम्म डसेको, सरकार प्रतिको जनविश्वास नागरिकको नजरबाट ह्वात्तै खसेको, जनताले गाँस कटाएर कोरोना रोकथाम तथा नागरिकलाई राहत बाँडन कोषमा जम्मा गरेको रकम सरकार आफैले मिलाई-मिलाई चुस्नसम्म चुसेको, यस्तो अवस्था धेरै दिनसम्म रहीरहे जनता स्वतः सरकारको प्रतिकारमा जाने छन् ।
डुब्न लागेको तपाईको राजनैतिक जीवनलाई यसले ह्वात्तै माथि उठाई दिन सक्छ । यत्ति गरे पछि हेर्नुस् हाई–हाई प्रधानमन्त्री भनेर जनताले तपाईको साथ दिन्छन् । यदि म पनि यिनै भ्रष्टका मतियारहरुकै संरक्षणमा रमाउँछु, यिनीहरुकै आड भरोषामा म पनि आनासुकी कमाउँछु, भन्ने सोचमा हुनुहुन्छ भने अब तपाईले पनि सत्ता छोडने दिनगन्ती शुरु गरे भो । भ्रष्टाचारीलाई कार्वाही गर्न सकिन भनेर जनतासँग आत्मसमर्पण गरे भो ।
कोरोनासँग भन्दा पनि सरकारसँग भयभित जनता
अहिले जनता कोरोना रोगसँग भन्दा पनि वर्तमान सरकारसँग बढी भयभित छन् । घर बिग्रियो भने त्यसको दोष घर मूलीलाई नै जाने हो । घरमुली राम्रो भए मात्रै घर परिवारको ईज्जत बढेर जाने हो । बर्तमान देशको अवस्था बिग्रिएमा र जनता बर्बाद भएमा त्यसको दोष देशको प्रधानमन्त्रीलाई नै जाने हो ।
देशमा कानून छ, भ्रष्टाचारीलाई कार्वाहीसहित बर्खास्त गर्न सक्ने सरकारलाई अधिकार छ, देशमा प्रहरी प्रशासन छन्, सेना छन्, तर पनि सरकार किन निरिह जस्तो देखिएको । देश भ्रष्टाचारको दलदलमा फँसेको, जनता घर भित्रै भोक भोकै बसेको, सरकारले करका नाममा उद्योगी व्यापारीलाई डस्नुसम्म डसेको, सरकार प्रतिको जनविश्वास नागरिकको नजरबाट ह्वात्तै खसेको, जनताले गाँस कटाएर कोरोना रोकथाम तथा नागरिकलाई राहत बाँडन कोषमा जम्मा गरेको रकम सरकार आफैले मिलाई मिलाई चुस्नसम्म चुसेको, यस्तो अवस्था धेरै दिनसम्म रहीरहे जनता स्वतः सरकारको प्रतिकारमा जाने छन् ।
आफै स्वरोजगार भएर गरि खाईरहेका युवा जनशक्तिलाई दलको झण्डा बोकाएर बेरोजगार बनाउने तिम्रा सकुनी चालबिरुद्ध जनता फेरि सडकमा आउने छन् । अनि तिम्रै बिरुद्ध तिम्रै दलका कार्यकर्ताले समेत सडकमा मुर्दाबादको नारा लाउने छन् । चेतना भया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
विषालु च्याउ खादाँ मकवानपुरमा एकै घरका सातजना बिरामी
असार २०, २०८१ बिहिबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार
फौजी कीराले मकैबाली नष्ट
असार २०, २०८१ बिहिबार
कोशीदेखि सुदूरपश्चिमसम्म आज भारी वर्षा
असार २०, २०८१ बिहिबार