बर्दियामा स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमणः गाउँ र कार्यालय बन्द
नेपालबहस संवाददाता
जेठ २५, २०७७ सोमबार २:३६:३४
२५ जेठ गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्णरुपले बन्द गरिएको छ । संक्रमित बाँसगढी नगरपालिका –७ डेउढाकलामा रहेको स्वास्थ्यचौकीका ल्याब असिस्टेण्ट हुन् ।
संक्रमितको परिवारका सदस्यको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीनसम्मका लागि पूर्णरुपले बन्द गरिएको छ ।
संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ । दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्णरुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए । संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्णरुपले बन्द गरिएको छ । जिप्रकालाई बन्द गरी १९ जनाको शनिबार नै पिसिआरका लागि स्वाब संकलन गरिएको छ । जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीले चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षा हुने
बैशाख २७, २०८१ बिहिबार