मध्यपश्चिम विश्वविद्यालय र चीनको सीजीआजुङ विश्वविद्यालयबीच सम्झौता
नेपालबहस संवाददाता
जेठ २५, २०७७ सोमबार ३:१८:३५
२५ जेठ सुर्खेत । शिक्षा, अनुसन्धान तथा संस्कृति आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयू र चीनको सीजीआजुङ टाइडाओ विश्वविद्यालयबीच सम्झौता भएको छ । एमयूका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह तथासीजीआजुङतर्फबाट उपकुलपति प्रा डा फेङ बेन्जीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको एमयूले जनाएको छ ।
सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । सम्झौतापश्चात् मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्ने छन् ।एमयूका सूचना प्रविधि सङ्कायका उपप्राध्यापक पञ्चदेव भट्टले अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाइका लागि प्राध्यापकसमेत आदानप्रदान गर्न सकिने जानकारी दिए ।
“सम्झौता हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ, त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकताअनुसार थप गरिने प्रावधान राखिएको छ”, उनले भने, “यो सम्झौता एमयूमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।” सीजीआजुङ टाइडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनीयरिङसँग सम्बन्धित चीनको एक प्रख्यात विश्वविद्यालय मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार