चारकुनेमा ज्येष्ठ नागरिक भवन निर्माण
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १८:०:५३
२६ जेठ तनहुँ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरेका छन् ।
गण्डकी प्रदेश सरकारद्वारा रु १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजीक रहेको करीब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो । वडाभित्र बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करीब दुई किलोमिटर हिँडेर दमौली बजार नजीक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए ।
यसैबीच सोही वडास्थित धुपखोला नजीक करीब रु दुई लाखको लागतमा किरियापुत्री भवन निर्माण थालिएको छ । वडाले विनियोजन गरेको बजेट तथा स्थानीवासीको जनश्रमदान गरी भवन बनाउन लागिएको हो । समयावधिभित्रै भवन सम्पन्न गर्ने गरी काम भइरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार