न्यूरोडका व्यापारी भन्छन्, हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार !
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १८:३६:४२
२८ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले लकडाउनको उल्लंघन गर्दै पसल व्यवसाय संचालन गर्ने बताए पनि प्रहरी हस्तक्षेपका कारण पसल बन्द भएका छन् ।
बुधबार व्यवसयीहरुले सबै प्रकारका पसलहरु खोले पनि प्रहरीले पुनः बन्द गरेपछि बिहान केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । प्रहरीले पसलहरु बन्द गराएको विरोधमा व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । व्यापारीहरुले न्यूरोड क्षेत्रमा केहीबेर विरोध प्रदर्शन गरेका हुन् ।
लगातारको लकडाउनका कारण आफूहरु मर्कामा परेको र सरकारले कुनै विकल्प नदिएका कारण आफूहरु पसल खोल्न बाध्य भएको तर त्यसमा पनि प्रहरीले हस्तक्षेप गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।
सबै प्रकारका व्यवासयहरु सञ्चालन गर्न पाउनु पर्ने र प्रहरी हस्तक्षेप रोकिनु पर्ने मागसहित देशभर प्रदर्शन जारी रहने उनले बताएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ ।
व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे, सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’ लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न मागसमेत गरेका छन् ।
मंगलबार व्यवसायीहरुले पसल खोल्दा प्रहरीले पसलहरु बन्द गर्नुका साथै व्यवसायीहरु र प्रहरीबिच झडप पनि भएको थियो। प्रहरीको हस्तक्षेपलाई लिएर नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले सरकारले व्यवासय संचालन गर्ने सम्बन्धी ठोस निर्णय नलिएमा आन्दोलन गर्ने चेतावनी दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार