न पारदर्शिता न दुरदर्शिता, सधै कस्तो लाचारिता सरकार ! भन्दै बालुवाटारमा प्रर्दशन
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १८:३९:३८
२९ जेठ, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना भाइरस महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा बिहीबार पनि हजाराैंकाे संख्यामा युवाहरू भेला भएर विरोध प्रदर्शन भएको छ ।
सरकारी रवैयाको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज पनि गरेको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए । युवाहरुको प्रदर्शन अहिले पनि जारी छ ।
११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार