एसपीको कर्तुत भण्डाफोर गर्ने पत्रकारमाथि गोलीसम्म हान्ने धम्की !
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार १:५९:४९
♦ पोखरा ब्यूरो
२९ जेठ, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले न्यूज २४ टेलिभिजन पोखरा ब्यूरो प्रमुख राजेन्द्र अधिकारीलाई गोली ठोक्ने भन्दै जनप्रतिनिधिलाई समेत धम्क्याएका छन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई धम्क्याउँदै एसपी कार्कीले पत्रकार अधिकारीलाई गोली ठोक्ने धम्की दिएको स्रोतले जानकारी दिएको छ ।
पत्रकार राजकुमार घिमिरेलाई पिछा गर्दै पक्राउ गर्न खोजेपछि के कति कारणले प्रहरीले दुःख दिन खोजेको हो वा घटनाको वास्तविकता के हो भनेर बुझ्न एसपी कार्कीलाई रुपा गाउँपालिकाका अध्यक्ष ओझाले फोन गरेका थिए । सोही क्रममा अध्यक्ष ओझालाई धम्क्याउँदै एसपी कार्कीले तपाईलाई पनि हामीले निगरानीमा राखेका छौं, याद गर्नुहोस् भन्दै पत्रकार राजेन्द्र अधिकारीलाई त जुनसुकै दिन र जुनसुकै वाहनामा पनि गोली ठोकेरै छोड्छु, हेर्दै जानुस् भनेर तर्साउन खोजेपछि दुई बीच केही समय चर्काचर्की नै भएको थियो ।
स्रोतका अनुसार अध्यक्ष ओझाले एसपी कार्कीलाई झपार्दै भने–‘दुईचार वटा भोटा बढि तपाईले फटाल्नु भयो होला, तर राजनीतिमा म पनि बाख्रा चराएर आएका होइन । तपाईले जत्तिको शैक्षिक योग्यता, यो देशको संविधान र कानुन अनि तपाई जस्ताको धम्की देखेरै बुझेरै यहाँसम्म आएको हुँ । कानुनले मिल्छ भने सकेको गर्नुस्, नवराज ओझा जहाँ भने त्यहीँ उपस्थित हुन तयार छु ।’
पत्रकार राजकुमार घिमिरे रुपा गाउँपालिकाका बासिन्दा हुन् । यसअघि पटक–पटक एसपी दानबहादुरले दुःख दिएपछि अध्यक्ष ओझाले पत्रकार घिमिरेको विषयमा आवाज उठाउँदै बिनाकारण दुःख नदिन भन्दै आईरहेका थिए । पत्रकार घिमिरे सञ्चारकेन्द्र अनलाईन पोखरा प्रतिनिधि हुन् । हाल प्रहरीले पिछा गर्दै पक्राउ गर्न खोजेपछि उनी सुरक्षित ठाउँमा बसेका छन् । यस विषयमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई जानकारी गराईएको पत्रकार घिमिरेले बताए ।
यसअघि पनि एसपी दानबहादुर कार्कीले पोखराका आधा दर्जन भन्दा बढी पत्रकारहरुलाई आतंकित बनाएका थिए । विशेष गरी, तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनालको आर्शिवाद पाएका एसपी कार्कीले पोखरामा विभिन्न आवरणमा रहेर पैसा उठाउने, ठेक्कापट्टाको धन्दा गर्ने र अवैध कारोबार गर्ने गिरोहसँग मिलेर एसपी कार्कीले पैसा उठाउन थालेको विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । एसपी कार्कीले रकम उठाउन आफ्ना घुमुवा र पोखराको लेकसाईडका केही व्यक्तिहरुलाई प्रयोग गर्दै आईरहेको ती समाचारमा उल्लेख थियो ।
न्यूज २४ टेलिभिजनका पत्रकार अधिकारीले गत तिहारको समयमा कास्की प्रहरीले जुवाखालबाट लाखौं रुपैयाँ लुट्न थालेपछि समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । जसले गर्दा कास्की प्रहरीले बिना मुचुल्का उठाएको आठहजार यूरो फिर्ता गर्नुपरेको थियो । न्यूज २४ टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ भन्ने कार्यक्रममा सञ्चारकर्मी रवि लामिछानेसँग प्रत्यक्ष कुराकानी गर्दा एसपी कार्कीले सो यूरो लिएको स्वीकार गरेका थिए ।
एसपी कार्कीको नेतृत्वमा रहेको घुमुवा टोलीले पोखरा–६ लेकसाईडमा रहेको छवि पौडेलको होटल क्रिस्टल प्यालेसमा छापा मारी लाखौं रुपैयाँ लुटेका थिए । लुटिएको रकम स्कुटरमा राख्दै गरेको सिसिटिभी फुटेजमा देखिएपछि रातारात तत्कालिन डीएसपी राजकुमार केसी र इन्सपेक्टर नरहरी अधिकारी पुगेर डिलिट गरेको समाचार सार्वजनिक भैसकेको छ । एसपी कार्कीले ३ जना प्रहरीलाई निलम्बन गरेको नाटक मञ्चन गरे पनि कार्कीसहित त्यसअघिका एसपीका धन्दाहरु पनि सप्रमाण सार्वजनिक गरिदिने धम्की दिएपछि उनीहरुमाथिको कारवाही अघि बढ्न सकेन ।
पोखराका नेता रवीन्द्र अधिकारीको देहान्तपछि मंसिर १४ गते भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ मा प्रतिबन्धित पार्टी नेकपा (विप्लव)ले वडा नं. ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम बिस्फोट गराएका थिए । सो विषयमा राती १० बजे नै बम राख्ने टोलीले पत्रकारलाई अध्यक्ष आचार्यको घरमा बम बिस्फोट भयो भनेर सूचना दिएका थिए । यस विषयमा पोखराका एक अनलाईनका सम्पादकले एसपी कार्कीलाई अध्यक्षको घरमा विष्फोट भयो भन्ने सूचना आयो, वास्तविकता के हो ? भनेर सोधेका थिए । तर एसपी कार्कीले यो सूचना पाईसकेपछि अध्यक्ष आचार्यलाई के छ भनेर कुराकानी गरेको तर गम्भिरताका साथ नलिएको अवस्थामा त्यसको दुईघण्टापछि ठुलो विस्फोट भएको थियो । यसरी पूर्वसूचना पाईसकेका एसपी कार्कीको निकम्मापनका कारण पोखराका वडाध्यक्ष आचार्यको घरमा ठुलो विस्फोट र क्षति भएको थियो ।
प्रहरी प्रमुख खनालको अवकाशपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चाँकडी भजाउँदै आएको प्रहरीबीच चर्चा हुने गरेको छ । एसपी कार्कीले निर्वाचनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रममा समेत सुरक्षा प्रदान गर्न सकेनन् । अध्यक्ष प्रचण्डले बोल्दै गर्दा १०० मिटर पर ठुलो आवाज गरी बम बिस्फोट भएको थियो । मनोनयन दर्ता गर्दा होस् वा मतदान केन्द्रभित्र होस् त्यतिबेला कास्कीमा एकदर्जन भन्दा बढि बिस्फोट भएका थिए । तर अधिकांश मतदान केन्द्रहरुमा भएको विष्फोटप्रति कास्कीबासीहरु नै सशंकित थिए । किनभने जहाँ जहाँ विस्फोट भए, ती ठाउँहरु नेपाली कांग्रेसको पकड मानिएका मतदान केन्द्रहरु थिए । यो कुनै विद्रोही शक्तिले मात्र नभई नेकपा कै योजनामा प्रहरीको मिलेमतोमा भएको हुनसक्छ भन्दै त्यतिबेला सामाजिक सञ्जालहरुमा यी आवाजहरु पनि नउठेका होइनन् ।
तर, यस्तो असफल र पैसा उठाउन मात्र तल्लिन भनि आरोप लागेका एसपी कार्कीलाई गण्डकी प्रदेशले नेकपाका केही नेताको चाकडी गरेकै भरमा कारवाहीको साटो उल्टै नगद ५० हजारसहित पुरस्कृत गरेपछि कास्कीबासी अचम्मित हुन पुगेका थिए । ठेक्कापट्टा गर्ने र लेकसाईडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने एकथरी गुण्डाहरुसँग लाखौं रुपैयाँ असुली गर्दै आएको आरोपका बीच एसपी कार्कीको यस्ता अनेकन् घटना र काण्डहरुमा विवादित बन्दै आएका छन् ।
एसपी दानबहादुर कार्कीका कर्तुत र ज्यादतीका विषयमा निडर र निर्भिक रुपमा कलम चलाउँदै आएका पत्रकार राजेन्द्र अधिकारीलाई केही गुण्डाहरु र उनीहरुको संरक्षकहरुको डिजाईनमा फसाएर ईन्काउन्टरका नाममा सफाया गर्ने योजनामा रहेका एसपी दानबहादुर कार्कीको योजना पटक–पटक असफल हुँदै आईरहेको बताइएको छ । एसपी कार्कीले पत्रकार अधिकारीलाई नियतवश र योजनाबद्ध ढंगले फसाउने र दुःख दिन थालेपछि यस विषयमा नेपाल पत्रकार महासंघ, इण्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे) र विभिन्न पत्रकारहरका संगठनहरुले विज्ञप्ति जारी चर्को विरोध र आपत्ति जनाएका थिए ।
यस विषयमा पत्रकार राजेन्द्र अधिकारीसँग नेपालबहसको ब्यूरोले सम्पर्क गर्दा उनले आफूमाथि एसपी कार्कीले गोली हान्ने धम्की दिएको सूचना पाएको बताए । एसपी कार्की ममाथि योजनाबद्ध ढंगले लाग्ने, पटक–पटक मेरा कल डिटेलहरु झिक्ने गरिरहेको तर कहीँ फसाउन नसकेपछि प्रतिबन्धित नेकपा (विप्लव)को ट्याँग लगाएर मार्ने योजनामा पुगेको सूचना पाएकै कारण आफू सर्तक भएको पनि पत्रकार अधिकारीले जानकारी दिए ।
पत्रकार अधिकारीले भने–‘मैले कानुन विपरितका गतिविधि गरेको भए सजाय भोग्न तयार छु । तर पटक–पटक दुःख दिने काम गर्न भएन । यदि प्रमाण छ भने पक्राउ गरे हुन्छ, म भागेर कतै जानेवाला पनि छैन । तर प्रमाणित गर्न सक्नु प¥र्यो नि एसपी कार्कीले लगाउन खोजेका आरोपहरु । व्यक्तिगत रिसिईवी, प्रतिशोध र केही गुण्डाहरुका नाईके र संरक्षकको ईशारामा लागेर कसैको जीवन समाप्त पार्छु भन्दा यसले नेपाल प्रहरी संगठन कै छविलाई कहाँ पु¥याउँछ ? खोई सोचेको ?
पत्रकार अधिकारीले रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग एसपी कार्कीले आफूलाई गोली हान्ने धम्की दिएको विषयमा जानकारी पाएको बताउँदै भने–‘दम छ भने एसपी कार्कीले सिधै मेरो छातीमा गोली हानुन्, मिल्छ कानुनी राज्यमा बर्दी लगाएर गुण्डागर्दी गर्न ? यस्ता धम्कीले न त म डराउनेवाला छु, न त मेरो कलम र पत्रकारिताको यात्रा रोकिनेवाला छ । राम्रोसँग बुझुन् एसपी दानबहादुर कार्कीले म यस्ता हजारौं चूनौंतीहरुको पहाड नाघेर आज यो ठाउँमा उभिएको मान्छे हुँ ।’
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष अधिकारीले पोखरामा गुण्डागर्दी, अपराध, भ्रष्टाचार र वेथितिका विषयमा स्थानीय गुण्डाहरु, राजनीतिक दलको आवरणमा रहेका फटाहाहरु र पत्रकारिताको आवरणमा रहेर सेटिङ मिलाउँदै ब्रम्हलुट गर्ने गिरोहहरुको भण्डाफोर गर्ने काम गरेका थिए । तत्कालिन अवस्थामा कास्की प्रहरीका प्रमुख हरि पाल, केदार रिजाल लगायतले अधिकारीको पत्रिकाको कार्यालय र जिउज्यानको सुरक्षाका लागि महिनौंसम्म प्रहरी नै खटाएर खोजमूलक पत्रकारिता र पत्रकारको साथ दिएका थिए ।
तर अहिलेका एसपी कार्कीले आफ्ना कर्तुतहरुको भण्फोर गरिदिएको भन्दै पोखराका गलत कार्य गर्ने समूहको उत्साहटमा लागेर पटक–पटक दुःख दिदैं आईरहेका छन् । एसपी कार्की र पत्रकार अधिकारीको विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत परेको थियो । एसपी कार्कीको हर्कत शंकास्पद भएका कारण मानव अधिकार आयोगले अझैसम्म पनि यस मुद्दालाई नजिकबाट नियाली रहेको छ । बर्दी लगाएर गलत काम गर्ने र त्यसको भण्डाफोर गर्ने पत्रकारमाथि गोली हान्नेसम्मको धम्की दिन पछि नपर्ने यस्ता एसपी दानबहादुर कार्की जस्ता पात्रहरुको विषयमा नेपाल प्रहरी संगठन र नेपाल पत्रकार महासंघले बेलैमा विचार पु¥याउन आवश्यक देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार