काेरोना प्रभाव :नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगित
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १६:३०:५९
३० जेठ काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । काेरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।
उक्त सिरिज आइसीसीले जुलाई ४ देखि ११ तारिखसम्मका लागि तालिका सार्वजनिक गरेको थियो । आइसीसीसितको छलफलपछि स्कटल्याण्ड क्रिकेट सङ्घले सिरिज स्थगन गर्ने निर्णय गरेको हो । सहभागी राष्ट्र र आइसीसीसित सहकार्य गरी अर्को तालिका सार्वजनिक गरिने छ । यसअघि अप्रिल २० देखि २७ तारिखसम्म नामिबियामा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज तथा जुन ९ देखि १६ तारिखसम्म पपुवा न्यूगिनीमा हुने भनिएको नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक सिरिजसमेत स्थगन गरिएको थियो । आइसीसी लिग–२ अन्तर्गत सात देशबीच प्रतिस्पर्धा भइरहेको छ ।
लिगमा नेपालले अहिलेसम्म चार खेल खेल्दै दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेर छैटौँ स्थान बनाएको छ । आइसीसी विश्वकप लिग–२ सन् २०२२ सम्म सञ्चालन हुनेछ ।लिग–२ मा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यूगिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्ने छन् ।
उक्त प्लेअफमा लिग–२ बाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो ।
उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो । नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ ।लिग दुईमा हालसम्म ओमान शीर्षस्थानमा छ । ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ । नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार व्यहोर्दै लिगको पाँचौँ स्थानमा छ ।
नेपाल चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कविहीन अवस्थामा छ । आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार