गल्याङका नगरप्रमुखको लज्जास्पद माग र धम्की
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ सोमबार ०:४२:४८
३२ जेठ, काठमाडौं । समाचार प्रकाशनको सन्दर्भलाई लिएर स्याङ्जाको गल्याङ नगरपालिकाका नगर प्रमुुख भूपराज अधिकारीले नेपालबहस डटकमलाई फेरि धम्क्याएका छन् । नेपालबहस डटकममा प्रकाशित एउटा समाचारबाट त्रस्त भएका नगर प्रमुुख अधिकारीले समाचार लेख्ने व्यक्ति र स्रोत नदिए कारवाहीको धम्की दिएका हुन् ।
यही जेठ २९ गते नगर प्रमुख अधिकारीले हस्ताक्षर गरी ईमेलमार्फत पठाएको पत्रमा समाचार प्रेषकको नाम र ठेगाना तथा समाचारको स्रोत स्पष्ट नगरे सूचनाको हकको प्रयोग गरी थप कारवाहीको प्रक्रिया थाल्ने चेतावनी दिएका छन् । केही दिन अघि गल्याङ नगरपालिकाका स्वास्थ्य संयोजक लीलाबल्लौ भण्डारीको आत्महत्याको विषयलाई लिएर नेपालबहस डटकममा समाचार प्रकाशन भएको थियो । उक्त समाचारले आफ्नो चरित्रहत्या गरेको भन्दै नगरप्रमुख अधिकारीले यसअघि पनि आपत्ति जनाएका थिए ।
नगर प्रमुुख जस्तो गरिमामय पदमा आसिन अधिकारीले पत्रकारिताको सामान्य सिद्धान्तबारे ज्ञानै नराखी यस्तो लज्जास्पद पत्र पठाएको पाइएको छ । पत्रकार आचारसंहिता विपरित समाचार प्रकाशन गरेको भनी दावी गर्ने नगर प्रमुख अधिकारीले यसलाई पुुष्टि गर्ने एउटै पनि आधार प्रस्तुुत गर्न सकेका छैनन् । बरु समाचार प्रकाशन भएपछि उनको कार्यशैली र भूूमिकाप्रति धेरैले प्रश्न उठाएको पाइन्छ ।
अल्प ज्ञान भयंकरम् भने जस्तो अवस्थामा रहेका नगर प्रमुख अधिकारी एउटा गलत कामको ढाकछोप गर्न अर्काे गलत काम गर्न हौसिएका छन् । नगर प्रमुुख अधिकारीको नामबाट प्रेषित पत्रमा सूूचनाको हकको प्रयोग गरी समाचार प्रेषकको नाम र ठेगाना तथा समाचारको स्रोत प्राप्त गर्ने धम्की दिएका छन् । जबकी सूचनाको हकको प्रयोग कसले, कसरी गर्ने हो र कुुन प्रक्रिया अनाउनुुपर्छ भन्ने विषयमा भने उनी पूूर्णतः अनभिज्ञ रहेको देखिन्छ ।
जबकी उनी सार्वजनिक पदमा आसिन व्यक्ति हुन् र नगरपालिकाभित्रको खरिदलगायतका विषयमा पत्रकारले नै आवश्यक सुचना पाउदैनन् । आम नागरिक र सञ्चारकर्मीले नगरपालिका भित्रका गतिविधि बारे सुचनाको हक प्रयोग गर्नु पर्नेमा उल्टो उनैले सञ्चारमाध्यमसँग सुचनाको हक माग्नुले नगरप्रमुख अधिकारी हास्यको पात्र भएका छन् । तर उनीमा अलिकति पनि लज्जाबोध भएको देखिदैन् भने नगरप्रमुखले जागिर दिएर राखिएका प्रेस संयोजक र कानुनी सल्लाहकारका भूमिका माथि पनि प्रश्न उठेको छ । जनताको करबाट तलबभत्ता बुझ्ने उनीहरुले नगरप्रमुखलाई कस्तो सल्लाहसुझाव दिन्छन् भन्ने पनि यही पत्रबाट छलङ्ग हुन्छ ।
पत्रकार आचारसंहिताको दफा ६ ले सञ्चारमाध्यम समाचारको स्रोत खोल्न बाध्य नहुने भन्दै सुुरक्षाको प्रत्याभूूति दिएको छ ।अझ संविधानले नै गोपनियताको हकको सम्मान गर्दै अदालतले समेत समाचारको स्रोत खोल्न बाध्य नपार्ने गरेको इतिहास साक्षी छ । किनभने समाचार स्रोत खोल्दा उसको जीउज्यानमाथि खतरा आउने अवस्था देखेमा पत्रकारले नखोल्न सक्ने व्यवस्था आचारसंहितामा गरिएको छ । किनभने ओहोदामा रहेको व्यक्ति शक्ति र साधन सम्पन्न हुने हुँदा निम्छरो अवस्थाको स्रोत मर्कामा पर्न सक्ने हुनसक्छ ।
उक्त समाचारमा पनि त्यही सिद्धान्त आकर्षित हुुने अवस्था छ । नेपालबहस डटकमको समाचार स्रोत नगरप्रमुुख अधिकारीको तुुलनामा कमजोर भएकाले उसको जीउज्यानमै खतरा देखिएकोले स्रोत खुुलाउने अवस्था देखिन्न । साथै, नगरप्रमुख अधिकारीले समाचारको खण्डन गर्न समेत माग गरेका छन् । समाचार खण्डनको लागि आग्रह गर्ने उनको हक हो । तर त्यसको पनि एउटा प्रक्रिया र शैली हुन्छ । नगर प्रमुुख अधिकारीले धम्कीको भाषामा संप्रेषण गरेको पत्रलाई आधार बनाएर खण्डन प्रकाशन गर्नु उचित होइन ।
यद्यपि उक्त समाचारको स्रोत र घटनाप्रति नेपालबहस डटकम विश्वस्त छ । नगर प्रमुुख जस्तो गौरवशाली पदको ख्यालै नराखी सञ्चारमाध्यमलाई धम्कीपूूर्ण भाषामा पत्र संप्रेषण गर्ने काम आफैंमा आपत्तिजनक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार