स्याङ्जामा भेटियो दुर्लभ सुँगुरे भालु
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २०:५५:१०
१ असार, स्याङ्जा । स्याङ्जाको वालिङमा लोपोन्मुख अवस्थामा रहेको सुँगुरे भालु भेटिएको डिभिजन वन कार्यालय स्याङजाले जनाएको छ । सुँगुरको जस्तै लामो थुतुनो, शरीरभरि बाक्ला, लामा, काला र सेता धर्से रौं र लामा नङग्रासहितको वन्यजन्तु बस्ती नजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा खबर गरेका हुन् ।
भालु वालिङ् नगरपालिका–११ को तल्लो पेखु ओराले भन्ने ठाउँमा बारीमा भेटिएको स्थानीयले जानकारी दिएका छन् । घर नजिकैको बारीमा हिँडिरहेको देखेपछि स्थानीयले घरमा ल्याएपछि स्थानीय सुरेश अर्यालले वन कार्यालयमा खबर गरेका हुन् । अनौठो प्रजातिको वन्यजन्तु देखेपछि स्थानीयले समाएर घरमा ल्याएर दूध खुवाएर राखे । ७ घण्टा स्थानीय नियन्त्रणमा राखेकोे भालुलाई आइतबार साँझ भेटिएको स्थान नजिकैको पेखु सामुदायिक वनमा छाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
“सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो ।” प्रमुख काफ्लेले भने, “नेपालमा पाइने एक दुर्लभ प्रजातिको जनावर हो, अहिले यसलाई दुर्लभ मानिन्छ ।” काफ्लेका अनुसार धु्रवीय भालु पूर्णरुपमा मांसहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँस मात्र खाएर बाँच्ने गर्दछ । यी दुई प्रजातिबाहेक ६ प्रजातिका भालुहरू जसले वनस्पति र जनावर दुबैलाई आफ्नो आहार बनाउने गर्छन् ।
यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलिया नङ्ग्रा भएका पञ्जाहरू र छोटो खालको पुच्छर हुन्छ । भालु एक हिँस्रक तथा खतरनाक जनावर भएको काफ्लेले बताए । काफ्लेका अनुसार भालुहरू एक्लै हिड्ने र एकान्तप्रिय जनावर हुन् । भालुको सुंघ्ने क्षमता तीक्ष्ण हुन्छ । ठूलो र रौं भरिएको भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडिन भालु निपुण हुन्छन् । मानव बस्तीनजिक बस्ने भालुहरू साँझपख र राति पनि सक्रिय हुने गर्छन । यिनीहरु गुफा र खाडलहरूमा बस्ने गर्दछन् ।
विभिन्न जातजाती र समुदायहरूको कला, धर्म र सांस्कृतिक सम्पदामा भालुको महत्वपूर्ण भूमिका रहन्छ । मानिसले अनावश्यक हस्तक्षेपका कारण भालु लोप हुने अवस्थामा पुगेको छ । भालुको छाला, भुत्ला र औषधियुक्त गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
गण्डकीका सांसद देवकोटाले माओवादीको कारवाहीविरुद्ध सर्वोच्चमा दिए रिट
असार ६, २०८१ बिहिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार