लकडाउन असर: अत्याधुनिक कुखुरा फार्मलाई दैनिक १२ लाख घाटा
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २१:३४:२६
१ असार, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ६ ठाडाखेतमा स्थापित खिलुङकालिका एग्रो फार्ममा उत्पादित अण्डाले बजार नपाउँदा दैनिक लाखौं रुपैयाँ घाटा भएको छ । लकडाउनका कारण अण्डाले बजार नपाउँदा दैनिक १० देखि १२ लाखसम्मको व्यापार घाटा व्यहोर्दै आएको फार्म संचालकले जनाएका छन् ।
जिल्लामै पहिलो र गण्डकी प्रदेशकै ठूलो र नमूना अण्डा उत्पादक एग्रोफार्मबाट उत्पादित अण्डाले बजार नपाउँदा संचालक मारमा परेका हुन् । कोरोना भाइरस संक्रमण देखाउँदै सरकारले लकडाउनलाई कडाइ गर्दै जाँदा फार्ममा कार्यरत एक सयभन्दा बढी कर्मचारी समेत प्रभावित छन् ।
“एकतिर कर्मचारीले काम पाएका छैनन्, अर्कोतर्फ अण्डाले बजार पाएको छैन् ।” फार्म प्रबन्धक निर्देशक शोभाकान्त ढकालले भने, “महामारी कोराना भाइरसविरुद्ध लड्ने बेलामा पोषणका लागि अत्यावश्यक पर्ने अण्डा, मासु खान नपाउँदा पौष्टिक अभाव हुनसक्छ ।” फार्ममा उत्पादित अण्डा गण्डकी प्रदेश अन्र्तगत सबैभन्दा बढी स्याङ्जा, कास्की बागङ, तनहुँ, पाल्पा र पर्वत प्रमुख बजारमा पु¥याईन्छ । अण्डाको माग भएपनि बजार पु¥याउन नसकेको फार्मले जनाएको छ ।
भीरकोटमा खिलुङकालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाममा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फार्म’ हो । जर्मनीको अत्याधुनिक प्रविधि ‘व्याट्री केज’ प्रणालीबाट संचालित सो फार्म २ लाख लेयर्स कुखुरा क्षमताको छ ।
२०७१ सालमा झण्डै ४० रोपनी क्षेत्रफलमा निर्मित फार्मबाट दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुन्छ । हाल फार्ममा २ लाख कुखुरा पालिएका छन् । सुविधा सम्पन्न ४ वटा ठूल्ठूला भवनमा कुखुरा पालिएका छन् । एउटा भवन ५० हजार वटा चल्ला हुर्काउनका लागि प्रयोग हुन्छ । अन्य ३ वटा भवन अण्डा उत्पादन गर्ने कुखुराका लागि बनाइएका हुन् ।
वातावरणमैत्री बन्द घरभित्र रहेका कुखुराका लागि आवश्यकता अनुरुपका दाना, पानीलगायत अन्य आवश्यक खाद्य बस्तु मेसिनद्धारा उपलब्ध गराइन्छ भने मेसिनद्धारा अण्डा पनि एकिकृत हुनेगरी व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक ढकालले जानकारी दिए ।
जर्मनीको अत्याधुनिक प्रविधि ‘ब्याट्रिकेज’ प्रणालीद्वारा संचालित फार्मले लक्ष्य अनुरुपको अण्डा उत्पादन गर्दै आएको छ । पूर्ण स्वचालित ‘ब्याट्रिकेज’ प्रणालीद्धारा संचालित मुलुककै पहिलो एग्रो फार्मबाट अण्डा उत्पादन गरिँदै आएको हो । भीरकोटका ७ जना स्थानीबासीद्धारा संचालित सो एग्रोफाम झण्डै सवा अरबभन्दा बढीको लगानी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार