लकडाउन मै २६ घरमा खानेपानी
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २१:३३:१०
१ असार,स्याङ्जा । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका वालिङ नगरपालिका १ धरमपानीका स्थानीयको घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । नगर क्षेत्रका खानेपानीको अभाव भएका गाउँका सबै घरमा धारा जडान गर्ने अभियान अन्तर्गत वालिङ नगरपालिका १ धरमपानीका २६ घरमा खानेपानीको धारा जडान गरिएको हो ।
वालिङ नगरपालिका र स्थानीय उपभोक्ताको श्रमदानसहित बौरादी धरमपानी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै घरघरमा धारा जडान गरिएको वडाध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेले जानकारी दिए । उनका अनुसार वालिङ नगरपालिकाको २७ लाख ५२ हजार ९ सय ३६ र स्थानीय उपभोक्ताको ६ लाख ५ हजार ६ सय ४६ गरी कूल ३३ लाख ५८ हजार ५ सय ८२ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो ।
नगरमा शुद्ध खानेपानीको सहज आपूर्तिका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानीमा आधा दर्जन बढी खानेपानीका योजनाहरु सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरमा संचालित साना, मझौला र बृहत योजनाहरु मध्ये केही योजनाहरु सम्पन्न भईसकेका छन् भने केहि योजनाहरु निर्माणको अन्तिम चरणमा भएको छ ।
“बस्तीभन्दा झण्डै ५ सय मिटर तल रहेको मूलबाट विद्युतको सहायतामा पानी तानेर बस्तीमाथि रहेको ट्यांकीमा संकलन गरिएको छ ।” वालिङका ईञ्जिनियर ध्रुब रेग्मीले भने, “ट्यांकीमा संकलन भएको पानी स्थानीयको आवश्यकता अनुसार घर घरमा धारा जडान गरेर वितरणको गरिएको छ ।”
पानीका लागि बस्तीभन्दा तल रहेको बौरादी मूलमा आधा घण्टा समय खर्चेर जानुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका सचिव मीरा काफ्लेले बताईन् । “एक गाग्री पानीको जोहो गर्न कम्तिामा पनि आधा घण्टा समय छुट्टयाउनुपथ्र्यो कुवा, ईनारमा गएर पालो पर्खनुपथ्र्यो ।” सचिव काफ्लेले भनिन्, “लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीका लागि घण्टौं हिडेर आउजाउ गर्ने समयको समेत वचत भएको छ ।”
खानेपानी योजना सञ्चालन र मर्मत गर्न धारा जडान गरिएका घरधुरीबाट मासिकरुपमा रकम उठाउने गरेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार पानीको लागि बस्तीभन्दा तल रहेको कुवा, ईनारमा जानुपर्ने बाध्यताको अन्त्य भई प्रत्येक घरघरमा जडित धारामा पानी आउँदा स्थानीय हर्षित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार