युवाको आक्रोशभित्र लुकेको मनोविज्ञान
नेपालबहस संवाददाता
असार १, २०७७ मंगलबार ०:३९:५१
१ असार, काठमाडौं । एकजना सोसियल मिडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मिडियामा लेखेछन् । सरकारलाई दवाव दिनुपर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन । सडकमा जानुपर्छ, को को तयार हुनुहुन्छ ?
लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै बस्न बाध्य किशोर किशोरी तथा युवायुवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैराश्यता, असंतुष्टि पोख्ने, युवा स्वभाव अनुसार क्रान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्यो । कोरोनाको संक्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन राजी भए । सोसियल मेडियाको पहुँचमा भएका युवा माझ यो सन्देश फैलिन समय लागेन ।
पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असन्तुष्टि पोखे । त्यस कार्यक्रमले सर्वदा चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको बिरोध र टिकाटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि बिरोध प्रर्दशन भए । अर्को पटकको बिरोधमा त सामाजिक दुरीको पनि ख्याल नगरी ठूलो भीड सडकमा आयो । कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढयो ।
के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुदैन । बिपत र दुखको अवस्थामा नै मान्छेले अरुबेला भन्दा बढी माया र सहानुभूति खोज्ने गर्दछ । जनताले राज्यबाट पनि अझ बढी साथ सहयोगको आशा गर्दछ । अफ्ट्यारो अवस्था र अभावमा जनता चाडो भड्किन्छन् । उनीहरुलाई भडकाउन सजिलो हुन्छ । उनीहरुको भावना माथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ।
संसारभरि नै सरकार र जनता बीच हक र अघिकारका बिषयलई लिएर सधैजसो टसल परिरहेको हुन्छ । राज्यले सामान्य अबस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुदैन । बिपत्तिको अबस्थामा त झन् कठिनै हुन्छ । अहिले धेरैलाई बेरोजगार हुने, रोगजारी गुम्ने चिन्ताले सताएको छ । मानिसले आफुलाई असुरक्षित महसुस गरिरहेका छन । यस्तो अबस्थामा मानिसमा चिटचिटाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि र बिरोधी भावना बढेर जान्छ । व्यक्तिले कहिलेकाहीँ उदण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने ,एकअर्कालाई आरोप प्रत्यारोप गर्ने जस्ता व्यवहार पनि देखाउन सक्छ ।
यस्ता व्यवहार देखाएर आफ्नो डर, त्रास, नैराश्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुदैन । बिपत र दुखको अवस्थामा नै मान्छेले अरुबेला भन्दा बढी माया र सहानुभूति खोज्ने गर्दछ । जनताले राज्यबाट पनि अझ बढी साथ सहयोगको आशा गर्दछ । अफ्ट्यारो अवस्था र अभावमा जनता चाडो भड्किन्छन् । उनीहरुलाई भडकाउन सजिलो हुन्छ । उनीहरुको भावना माथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ।
संकटको बेला मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आश्वस्त गराउन सक्नु पर्छ । भविश्यप्रति ढुक्क र आशावादी बनाउने काम राज्यले गर्नुपर्छ । कुरा सत्य हो कि अहिले बिश्वनै कोरोनाको संक्रमणले ठुलो मारमा परेको छ । कतिपय बिषयमा हाम्रा समस्याहरु अझै ठूलो हुनसक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो बिमति होला । हामी असन्तुष्ट हुन सक्छौं ।सरकारका पनि आफ्नै खालमा कमी कमजोरी र बाध्यताहरु होलान । यी सबैका बावजुद पनि अहिलेको परिस्थितिलाई राजनीतिककरण गरिनु हुदैन् । सरकारका कमी कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुदैन । साथ र सहयोग पनि गर्नुपर्छ । बिपतिसँग सबै मिलेर सामान गर्ने हो भने मात्र सफल भईन्छ ।
रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथीमार्फत बेहुली लिन सघाउने भन्दै एकआपसमा चिनजान समेत नभईकन लहैलहैमा लागेर गएको पाईयो । अहिलेको बिरोध प्रर्दशनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलोपन उनीहरुले लेखेको नारामा देखिन्छ । धेरै जना लहैलहैमा लागेर आएको हुनसक्छ । उनीहरुले बोकेको प्लेकार्डमा पनि लेखिएछ , म त राम्री केटी हेर्न आको..।
कतिपय अबस्थामा बिरोधले मात्र समस्याको समधान नहुन सक्छ । बिरोधको शैली र समय पनि अनुकुल हुनुपर्छ ।अहिलेको अबस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्वीकार नै गरेका छन् । भोको मान्छेको अगाडि मिठो ब्यन्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तीब्र रुपमा बढिरहेका बेला गरिएको बिरोध प्रर्दशनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिदैन । स्वतः स्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सही दिशानिर्देश नपाउँदा खतरनाक पनि हुनसक्छन् । नैतिक जिम्मेवारी कसले लिने भन्ने दुबिधा हुन्छ । नेतुत्व बिनाको जमात हुनाले चाडै भड्किन सक्ने खतरा पनि त्यतिनै हुन्छ । यसमा जो सुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउछ । युवाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताइसकेका छन । घुसपैठले नै पछिल्लो पटकको बिरोध अमर्यादित भएको देखिन्छ ।
भीडको मनोविज्ञान फरक हुन्छ । भीडको आँखा हुदैन । भीडले विवेक गुमाउन सक्छ । भनिन्छ नि ! भीडभाडमा जीउ जोगाउनु, अनिकालमा बिऊ जोगाउनु । भीडले ज्यान दिन पनि सक्छ, ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुखद घटनामा छ जना किशोरहरुको ज्यान गयो । यो सबै भीडकै मनोविज्ञानको परिणाम हो । अहिले देशका विभिन्न ठाउँहरुमा स्वतःस्फर्त रुपमा गरिएको भनिएका बिरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजनाबिहिन बिरोध कार्यक्रमले पछि गएर दुखद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ । रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथीमार्फत बेहुली लिन सघाउने भन्दै एकआपसमा चिनजान समेत नभईकन लहैलहैमा लागेर गएको पाईयो । अहिलेको बिरोध प्रर्दशनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलोपन उनीहरुले लेखेको नारामा देखिन्छ । धेरै जना लहैलहैमा लागेर आएको हुनसक्छ । उनीहरुले बोकेको प्लेकार्डमा पनि लेखिएछ , म त राम्री केटी हेर्न आको..।
भीडले के बुझ्छ , के गर्छ थाहा हुदैन । रुकुमको घटनामा पनि त्यति धेरै गाउँले छोटो समयमा कसरी आए ? पुर्व योजना पो थियो कि भन्ने आशंका पनि गरिदै आएको देखिन्छ । तर भीड जम्मा हुन समय नलाग्न सक्छ । अस्तिको बिरोध प्रर्दशनमा पनि यति धेरै जम्मा होलान् भन्ने कुरा स्वंय प्रर्दशनको आव्हान गर्नेहरुले पनि अनुमान गरेका थिएनन । यसलाई देखेर उनीहरु आफै चकित परिरहेका छन् । तर अप्रत्यक्ष रुपमा केही पार्टीले सघाई रहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई थाहा नहुन पनि सक्छ । बिरोधमा उत्रिएका प्रर्दशनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ । नेता र राजनीति दलहरुलाई भीडको स्वभावले लोभ लाग्छ । प्रर्दशनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले बिज्ञप्ती निकालेर नै समर्थन गरे ।
प्रर्दशनको नेतुत्व गरेका कतिपय युवाहरुलाई आफ्नो पार्टीमा आउनका लागि निम्तो पनि पठाउन भ्याईसके । जुन कुरा स्वंय युवाहरुले बताईसकेका छन । पाटीहरु यस आन्दोलनलाई आफ्नो बनाउन खोजी पनि रहेका छन । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएका छन । कोरोना महामारीको बेला खुलेरै पाटीको झण्डा बोकेर सडकमा आउँदा नैतिक रुपमा पनि अफ्ट्यारो पर्ने , जनतामा पनि नकारात्मक सन्देश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन । अन्यथा यसले पाटीगत रुप लिई सकेको हुने थियो । तर पनि यस परिस्थिति बिपरितको बिरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन ।
अहिलेको अफ्ट्यारो अबस्थामा सबैले आफुलाई समाल्नु, संयमित हुन, मिलेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने , अर्काको भावना माथि खेलबाड गर्ने कार्यले कसैको हित हुदैन ।
(लेखक मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार