गण्डकी प्रदेशमा स्वाब प्रयोगशालामा ‘पेन्डिङ’ भएपछि मेसिन र जनशक्ति थपिँदै
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार २:१५:३४
३ असार कास्की । गण्डकी प्रदेशमा आजसम्म कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि लिइएको दुई हजार ३३४ वटा नमूना स्वाब प्रयोगशालामा पेन्डिङ रहेको छ ।
दैनिक ३०० हाराहारीमा प्रयोगशालाबाट नमूना परीक्षण हुँदै आएकामा पेन्डिङमा रहेको नमूना जाँच गर्न मात्र एक साता भन्दा बढी समय लाग्छ । भारतलगायत मुलुकबाट स्वदेश फर्किने बढेपछि जिल्ला÷जिल्लाबाट दिनहुँ स्वाब सङ्कलन भएर परीक्षणका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा आउनेक्रममा समेत वृद्धि भएको छ ।
पीसीआर विधिबाट कोभिड–१९ सङ्क्रमणको अवस्था जाच्नका लागि परीक्षण प्रोटोकलअनुसार सङ्कलित स्वाब प्रयोगशालामा लामो समय थन्किएपछि क्वारेन्टाइन व्यवस्थापनमा जुटेका जनप्रतिनिधिसमेत हैरानीमा पर्ने गरेका छन् । क्वारेन्टाइनमा बस्ने दिनहुँ थपिने तर परीक्षण नतिजा आउन ढिलाइ हुँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाइ भएको बताइन्छ । केही जिल्लाका स्थानीय तहले भने पोखराबाट परीक्षण नतिजा आउन ढिलाइ भएपछि आफ्नै लगानीमा पिसिआर मेसिन खरिद गर्ने तयारीसमेत थालेका छन् ।
सङ्कलित नमूना लामो समय प्रयोगशलामा थन्किने अवस्था अन्त्य गर्न गण्डकी प्रदेश सरकारले प्रयोगशालाको जनशक्ति, मेसिन र सिफ्ट वृद्धि गर्ने भएको छ । हाल दैनिक दुई वटा पिसिआर मेसिनबाट नमूना परीक्षण हुँदै आएकामा केही दिनभित्रमा नै थप अर्को मेसिनबाट समेत परीक्षण शुरु गर्ने तयारी गरिएको हो । सरकारले नयाँ मेसिन खरिद प्रक्रिया शुरु गरिसकेको छ ।
एक हप्ताभित्रमा हालको पेन्डिङ नमूना परीक्षण सकेर शुन्यमा झारिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना भाइरस रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोद विन्दु शर्माले बताए ।
उनले भने, “जिल्लाबाट आउने नमूना बढिरहेकाले प्रयोगशालामा परीक्षण गर्नुपर्ने नमूना पेन्डिङमा रहनुपर्ने बाध्यता छ, शुरुआतमा दिनमा १०० देखी १५० सम्म परीक्षण गर्ने गरेकामा हाल दैनिक ३०० जाँच गर्ने गरेका छौँ, केहीदिनभित्र थप एक मेसिन सञ्चालनमा आएपछि दैनिक ६०० नमूना जाँच गर्दछौँ र मेसिन सञ्चालनमा आएको पाँच दिनपछि पेन्डिङ रहेका सबै नमूना शुन्यमा झाछौँ ।”निर्देशक शर्माले परीक्षणको हालको मागलाई सम्बोधन गर्नका लागि प्रयोगशालामा काम गर्ने जनशक्ति, तालीम, मेसिन र सिफ्टसमेत वृद्धि गरिएको जानकारी दिए । हाल बिहान ६ बजेदेखि राति १ बजेसम्म प्रयोगशालामा काम भइरहेकामा प्रयोगशालालाई २४सै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढाइएको निर्देशनालयले जनाएको छ ।
“गण्डकी प्रदेशको प्रयोगशाला परीक्षणका सन्दर्भमा हेर्दा शुरुमा चार जनाले परीक्षण गर्ने गरिएकामा पछि प्रदेश सरकारले पिसिआर मेसिन थप गरेपछि आठ जनाको टिम बनाइयो”, निर्देशक शर्माले भन्नुभयो, “सिफ्ट बढाउन थप १२ जना कर्मचारी भर्ना गरिएको छ र सात जना जिल्लाबाट ल्याइएको छ, अब २४सै घण्टा प्रयोगशालाको सेवामा जाने गरी तयारी गरेका छौँ ।”पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालाबाट मात्र कोभिड–१९ जाँच गर्ने गरिएकामा यसै हप्तादेखि प्रदेश क्षयरोग केन्द्रबाट समेत कोरोनाको जाँच शुरु भएको छ । परीक्षणलाई थप व्यवस्थित गर्नका लागि भनेर अस्पतालमा रहेको एक मेसिनलाई केन्द्रमा स्थानान्तरण गरेर परीक्षण शुरु गरिएको छ ।
प्रयोगशालामा परीक्षण गर्ने तीन वटा टोलीलाई व्यवस्थितरुपमा लयमा ल्याउन एउटा टिमले म्यानेज गर्ने गरेको र तीन वटा टिमको कोअर्डिनेटर तोकिएको जनाइएको छ । प्रत्येक जिल्लाको स्थानीय तहमा पुगेर नमूना सङ्कलन गर्ने कार्यलाई व्यवस्थित गरिएको र स्वास्थ्यकर्मीको अभावमा स्वाब सङ्कलन रोकिनुपर्ने अवस्था नरहेको निर्देशनालयले जनाएको छ ।शुरुआतमा नमूना सङ्कलनका लागि ११ वटा जिल्लाबाट दुई÷दुई जनाका दरले २२ जनालाई तालीम दिइएकामा हाल २०० भन्दा बढीलाई तालीम दिएर जिल्ला जिल्ला र पालिकामा पठाइएको बताइन्छ ।
गण्डकी प्रदेशमा हालसम्म २४७ जना कोरोनाबाट सङ्क्रमित छन् । जसमध्ये २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने कोभिड–१९ का कारणले मृत्यु भएको छ ।गम्भीर र जटिल अवस्थाका बिरामीको उपचारका लागि सम्बन्धित जिल्लामा नै सघन उपचार कक्षको व्यवस्था गरिएको जनाइएको छ । प्रदेश सरकारले ११ वटै जिल्लामा सघन उपचार कक्षको स्थापनाका लागि रु १४ करोड बजेट निकासा गरेको थियो । प्रत्येक जिल्लामा दुईदेखि पाँच श्ययाको सघन उपचार कक्षको स्थापनाको काम भइरहेको छ ।
निर्देशनालयले जिल्लास्थित अस्पतालमा श्ययाको सघन उपचार कक्षमा काम गर्ने प्रत्येक अस्पतालबाट पाँच जनाका दरले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई गत हप्ता क्रिटिकल केयर म्यानेजमेन्ट तालिम दिइएको र अस्पताल, स्वास्थ्य कार्यालय तथा क्वारेन्टाइनलाई सहज बनाइएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका निर्देशक नवराज शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार