स्वास्थ्यकर्मी सशस्त्र प्रहरीको निगरानीमा संक्रमित
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १३:३४:२२
५ असार डोटी । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ । ‘गाउँमा खुलेआम घुम्दै कोरोना सङ्क्रमित’ भन्ने समाचारमा केहीदिन पहिले प्रकासित भएपछि प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उक्त गाउँमा उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
उक्त गाउँमा परिचालन भएको स्वास्थ्यकर्मी टोलीले बिहीबार १५ जना अन्य व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनेले भने बाहिर जाने अनुमति दिएका छैनौँ ।” भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त आलीअतुराली गाउँका १४ जनामा कोरोनाको सङ्क्रमण देखा परेको थियो । गत जेठ २० गते आलीअतुराली क्वारेन्टाइनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो ।
कोरोना परीक्षणका लागि स्वाब पठाइएका मध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएपछि उच्च गाउँ कोरोनाको उच्च जोखिममा रहेको भन्दै बिहीबारबाट उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए, “गाउँभरिका १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि पूरै गाउँ नै जोखिममा भएकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ, बिहीबार पठाएको स्वाब परीक्षणका कोही पोजेटिभ देखिए गाउँ नै सिल गर्छौँ।”
स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको पिसिआरको नतिजा नआउँदै आफूहरुलाई घर पठाएका कारण गाउँनै कोरोनाको जोखिममा परेको एकजना कोरोना सङ्क्रमितले बताए । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, गाउँ नै समस्यामा प¥यो ।” क्वारेन्टाइन बसेका घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै अन्य स्थानीयवासीमा त्रास फैलिएको स्थानीयवासी बलबहादुर बोगटीले बताए ।
उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।” गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । जेठ ११ गते गौरीफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन बसेकै बेला १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीनजनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
छोरा र श्रीमतीमा भने दुई पटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टाइनमा बसेका ३१ जना अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो । उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट असार १ गते आएको हो । ढिलो गरी परीक्षणको नतिजा आउँदा सङ्क्रमित पाइएका सबै आआफ्नो घरघर पुगिसकेका थिए । पहिलो सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा १० दिनसम्म राखेर जाँच गर्दा पछि कुनै पनि लक्षण नदेखिएकाले क्वारेन्टाइन बसेको चार दिनसहित जोडेर १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले गएको जेठ २९ गते नै डिस्चार्ज गरेको थियो ।
सङ्क्रमित भएका ती युवकलाई आइसोलेसन वार्डमा राखी १० दिनसम्म उपचार गर्दापछि उनमा कोरोनाको सङ्क्रमण नदेखिएपछि सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार कोरोनाको थप लक्षण नभेटिएपछि ती सङ्क्रमितलाई डिस्चार्ज गरिएको जिल्ला अस्पतालका डा ज्योति पाण्डेले जानकारी दिए ।उपचारका क्रममा सङ्क्रमित व्यक्तिमा कोरोनाको पछिल्लो लक्षण नदेखिएपछि उनीसँगै क्वारेन्टाइन बसेका अन्य २० जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाको नतिजा आउनुअगावै सबै जनालाई जेठ ३० गते घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वाब सङ्कलन गरी पठाएको १३ दिनपछि कैलालीको धनगढीमा रहेको प्रयोगशालाले रिपोर्ट ढिलो पठाउँदा सङ्क्रमित गाउँ गइसकेका थिए ।
“समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय ३ गते हुने थियो”, जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, “ढिलो रिपोर्ट आयो क्वारेन्टाइन बसेको लामो समय भएकाले सबैलाई घर पठाइएको हो, अहिले समस्या भयो अब पोजेटिभ देखिएकालाई अझै केही दिन ‘होम’ आइसोलेसनमा राखिने छ ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४२ जना पुगेको छ ।जसमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार