“मेरो खबर्दार छ”
नेपालबहस संवाददाता
असार ६, २०७७ शनिबार १९:४१:९
रचना मिति : २०७७/०३/०४ छन्द : शार्दुलविक्रीडीत
बोल्यौ के कसरी जित्यौ जनमतै दिन्छौ निकासा भनि ।
बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै पनि ।।
तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ ।
पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।।
फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि ।
बोल्यौ धेर गएर ती बिकटमा भर्नेछु टेवा भनि ।।
चौक्टा देश भयो शिकार भवको बाडेर अन्तै तिर !
हाम्रो राष्ट्र कतै परे सकसमा मेरो खबर्दार छ ।।
यो यो गर्छु भनी फुटाइ जनमा सारा तिनैको लुट्यौ ।
सारा एक ढिका थियो कपटले पारी चिरामा फुट्यौ ।
ऐले खै कसरी भुलाइ सब ती निक्कै नया चाल छ ।
हाम्रो देश कतै परे कहरमा मेरो खबर्दार छ ।।
हिड्छौ लाज नभै न भो शरम ती बोल्छौ हजारौ कुरा ।
तिम्रा चाल र ढालको लबजले भन्दैछ बेग्लै कुरा ।।
त्यै विश्वास गरेर घात मतको लाग्दैछ क्वै यार छ ।
हाम्रो देश पुगे कतै भवरमा मेरो खबर्दार छ ।।
सत्तामा कति थ्यौ अझै सब तिरै लुट्यौ लुटायौ कति !
आफ्ना पास छ जो उनै नगिचका बाड्यौ बनायौ कति !
मर्दैछन् जनता न क्वै पहुँचमा तिन्को कुनै आश छ ?
हाम्रो राष्ट्र लुटी लिने मनसुवा मेरो खबर्दार छ ।।
सारा मानिसले गमेर मनमा बुझ्दैछ बेग्लै कुरा ।
गर्दैछौ अपमान ती जनमतै चाखेर अर्कै पुरा ।।
हामी चै बधुवा सधै दल भने नाड़गो रजाई न छ ।
दिन्नौ भो अधिकारमा कुटिलता मेरो खबर्दार छ ।।
सीमा को छ कुरा बडो गजबले हालेर छारो सब ।
संझौता कति ती छ गोप्य जनमा अन्यौल त्रस्तै अब ।
यो नेपाल अझै छिया अवनिमा कुन्नि के चाल छ ?
मैले दिन्न नगर्नु जाल रचना मेरो खबर्दार छ ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार