कपिलस्तुमा १२ लाख बिरुवा उत्पादन
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १६:१४:१६
८ असार कपिलवस्तु ।कपिलस्तु जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् ।
कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् । केही वर्षयता कपिलवस्तुमा वृक्षरोपणको लहर नै चलेको छ । सरकारले चालु आर्थिक वर्षका लागि घोषणा गरेको राष्ट्रिय वृक्षरोपण वर्षका लागि कपिलवस्तुमा १२ लाख बिरुवा उत्पादन गरिएको हो ।
प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमअन्तर्गत कपिलवस्तुका विभिन्न स्थानमा रहेका नर्सरीमा फलफूल, शोभनीय, अम्रिसोसहित विभिन्न प्रजातिका बिरुवा उत्पादन भएका छन् । वन दशकको नारा एक व्यक्ति एक रुख, एक नगर एक उद्यान तथा एक गाउँ एक वनलाई आधार बनाएर काम गरिएकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताए ।
त्यस्तै गौतम बुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख दुर्गाबहादुर कार्र्कीले वृक्षरोपण वर्ष र वन दशक सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार