जोखिम बढेपनि लकडाउनमा आत्महत्या भयावह भन्नु गलत
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १४:१:१६
कोरोनाको संकट र लकडाउनपछि आत्महत्या गर्नेको संख्या बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ ।
लकडाउन सुरु भएदेखि ७५ दिनसम्मको अवधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन । नेपालमा पनि आत्महत्या पहिलादेखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । यसरी हेर्दा नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ।
एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष बिश्वमा सरदर ८–१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।
प्राकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिदाँ जस्ता असहज र जोखिमपुर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ । त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो, लकडाउन पछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन। तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेका छन् ।
बालबालिकामा भने यो बीचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । जुन दुखद हो । आत्महत्या एकदमै संवेदनशिल बिषय हो । आत्महत्याको समाचारलाई अतिरन्जित र सनसनीपुर्ण बनाउनु हुदैन् । यसले समाजमा झनै नकारात्मक असर पुर्याउछ। डिप्रेशनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढछ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।
आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो बिश्वकै साझा समस्या हो । विश्वमा प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष बिश्वमा सरदर ८–१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।
प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोही व्यक्ति आत्महत्या गरेर आफ्नो जीवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निराशामा डुबेको हुनसक्छ ।
मानसिक रोगलाई पुर्वजन्मको पाप र अपराध ठान्छ । देवीदेवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ ।
आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागूपदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ । व्यक्तिले आत्महत्या आफ्नो व्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।
धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । जसरी कुनै कुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिमा हुन्छन् । त्यसै गरि केही व्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केही उच्च जोखिममा हुन सक्छन् । मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्वजन्मको पाप र अपराध ठान्छ । देवीदेवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई, धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।
“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्नसक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउन सक्छ। त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।
संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ , मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।
आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकैपटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने वा व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वःहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।
यहाँहरुमा पनि कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयास जस्ता समस्या भएमा सहयोगका लागि निर्धक्क फोन मार्फत मनोपरामर्श सेवा लिन सक्नु हुनेछ । जसका लागि फोन न.९८१३५२७७३२ चौबीसै घण्टा खुला रहनेछ ।
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार