कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १६:४४:३५
९ असार, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो ।
लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सम्झाउँदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, “प्रत्येक व्यापारीले आफ्नो पसल उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता कुरालाई सुझाइएको छ ।”
त्यसैगरी अनावश्यक मानिसको भीडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्ति मात्रै घर बाहिर निस्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुई व्यक्तिबाहेक अरुलाई सवार नगर्नेजस्ता कुरा सुझाइएको छ ।
सुझाइएका कुरा सबै बेवास्ता गरी कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई सङ्क्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार