सुमेघ टुर्स एण्ड ट्राभल्सले कोरोना कोषमा ३० लाख सहयोग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १६:४९:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Paisa-rupee-cash_GVkg1GuFHb.jpg)
१० असार बागलुङ । सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः रु चार -चार र दुई लाख प्रदान गरिएको ट्राभल्सले जनाएको छ ।
ट्राभल्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा राज्यलाई सघाएको सञ्चालक मेघ खत्रीले बताए । उनले आकस्मिक प्रकोप र सङ्कटमा सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरे।कोरोनाका कारण गरिएको बन्दाबन्दीबीच ट्राभल्सले अघिल्लो महिना जापानका लागि तीन चार्टर्ड उडानसमेत गरी यात्रुलाई सेवा पु¥याएको थियो । जापानमा कार्यरत तथा नेपाली विद्यार्थी, विदेशी नागरिकलगायत गरी ७६६ यात्रुलाई नेपाल वायुसेवाको वाइडबडी जहाजमार्फत गन्तव्यमा पु¥याइएको ट्राभल्सले जनाएको छ ।
सञ्चालक केसीले गृहजिल्ला बागलुङको पर्यटन र सामाजिक विकासका क्षेत्रमा ट्राभल्समार्फत सहयोग पु¥याउँदै आउनुभएको छ । कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गरेर ट्राभल्सले राम्रो काम गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकाले स्थापना गरेको कोषमा हालसम्म रु ४० लाखभन्दा धेरै रकम जम्मा भइसकेको छ । स्थानीय तहले कोरोना महामारीलाई लक्ष्य गरी खडा गरेका कोषमा देश विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ ।
सहकारीद्वारा कोरोना कोषमा सहयोग
मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार बागलुङ नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना महामारीबाट प्रभावितको उद्धार र राहतका लागि सहयोग पुगोस् भन्ने हेतुले रु १३ हजार कोषमा प्रदान गरिएको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष गुणराज पौडेललगायत पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकमको ‘चेक’ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरिएको थियो । नगरप्रमुख पौडेलले आफूसमेत शेयर सदस्य रहेको सहकारीले गरेको सहयोगप्रति खुसी व्यक्त गएका थिए ।
उनले कोषमा जम्मा भएको रकम सङ्कटमा परेकाको उद्धार र राहतमा खर्च गरिने बताए । सहकारीका अध्यक्ष पौडेलले स्थापना दिवसमा सानो भए पनि परोपकारी उद्देश्य राखेर राहत कोषमा सहयोग गरिएको बताए । कोरोनाको जोखिमका कारण ठूलो कार्यक्रम गर्न नसकिएको सहकारीका सचिव रामप्रसाद शर्माले बताए । सहकारीमा ३०० भन्दा बढी शेयर सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार