जिससले लकडाउनको अवधिको भाडा नलिने
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १५:२३:२६
११ असार, चितवन । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए ।
डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिए । जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक रु तीन लाख ९० हजार भाडा सङ्कलन हुने गर्दछ । डल्लाकोटीले भने, “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।” सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उहाँले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताए ।
यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ । जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरीदिन माग गरिरहेका छन् । निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन ।
मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन् । सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगाएतका छन् ।
ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाएका हुन । यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार