सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रारम्भ हुनासाथ स्थगित
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १६:३३:५६
१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिए ।
त्यसपछि राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनजस्ता सबै काममा प्रदेश सरकार असफल भएको, योजना बाँडफाँटमा भ्रष्टाचार भएको भन्दै कोरोना उपचार र व्यवस्थापनमा भएको भनिएको रु ९३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी गराउन र पीसीआर जाँचको दायर बढाउन माग गरे ।
सभामुख थापाले प्रतिपक्षीबाट आएको विचारले सदनको ध्यानाकर्षण भएको र उठाइएका प्रश्नको सरकारले जवाफ दिन पनि सदन चल्नुपर्ने भएकाले आफ्नो आसनमा बस्न आग्रह गरे । त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराए ।
लगातारको अवरोधसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असार १० गतेको बैठक पनि अवरुद्ध भएको थियो । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार