कोरोना राहत कोषमा भीरकोट सेवा समाज काठमाडौंले दियो १ लाख ७० हजार
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १८:१९:२९
१२ असार, काठमाडौं । भीरकोट नगरपालिकाको कोरोना राहत तथा प्रकोप व्यवस्थापन कोषलाई भीरकोट सेवा समाज काठमाडौंले सहयोग गरेको छ । गत बुधबार भीरकोट सेवा समाज काठमाडौंका अध्यक्ष एवं पूर्व एसएसपी गुप्तबहादुर श्रेष्ठले १ लाख ७० हजार ५ सय २० रुपैया नगर प्रमुख छायाँराम खनाललाई हस्तान्तरण गरेका हुन् ।
स्याङ्जाको भीरकोट नगरपालिका स्थायी घर भई काठमाडौंमा रहेर विभिन्न पेशाा व्यवसायमा आबद्ध व्यक्तिहरुद्धारा हालै गठित समाजले कोरोना महामारीको रोकथाम र व्यवस्थापनको लागि भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी संकलित रकम हस्तान्तरण गरिएको सामाजिक अभियान्ता देवीप्रसाद अर्यालले जानकारी दिए ।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका अर्याल सो रकम संकलन उपसमितिका संयोजक पनि हुन् । नेता अर्यालले आगामी दिनमा पनि भीरकोटबासी र समग्र स्याङ्जाबासीको हित र समुन्नतिका खातिर आफु लागिरहने प्रण गरेका थिए । हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
संकलित रकम बुझ्दै नगरप्रमुख खनालले भरिकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा विभिन्न सामाजिक व्यक्तित्व तथा संघसंस्थाहरुले सहयोग गरिरहेको जानकारी दिदै कोरोना महामारीविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । उनले नगरपालिकाले दुई चरणमा लकडाउन प्रभावितलाई राहत वितरण गरिसकेको बताउँदै अबको राहत रोजगारीसँग जोडिने बताए ।
नगरपालिकाले ४ वटा निजी विद्यालयमा क्वारेन्टाइन निर्माण र कालिका सामुदायिक अस्पतालमा प्रदेश सरकारको सहयोगमा ६० शैयाको आइसोलेसन निर्माण गरि कोरोना संक्रमितहरुलाई व्यवस्थित रुपमा राखिएको बताएका थिए ।हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खनालले हालसम्म नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग प्रदान गर्ने सम्पूर्ण संघ संस्था र मनकारीहरुलाई धन्यवाद दिदै कोरोना संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी समृद्ध भीरकोट निर्माणमा जुट्न सबैलाई आग्रह गरेका थिए ।
हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख १६ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले जानकारी दिएका छन् । लकडाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको सिलसिलमा देशविदेशमा बसेका भीरकोटबासीहरुसँग भिडियो कन्फ्रेन्समार्फत कोरोना राहत तथा प्रकोप व्यवस्थापन कोषमा झण्डै ७ लाख रकम जम्मा भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार