यातायात कार्यालयमा सेवाग्राहीको बढ्दो भीड, छैन सुरक्षा सतर्कता
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार ४:३४:३४
◊ सञ्चिता घिमिरे
१२ असार, काठमाडौं । सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र ।
विश्व स्वास्थ्य सङ्गठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई कार्यालय भित्र पस्न मुश्किल पर्ने देखिन्थ्यो । हुनत् कार्यालयभित्र प्रवेश गर्नेवित्तिकै सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका त छन् तर बढ्दो भीडका कारण सबै हातमा स्यानिटाइजर लगाउन सम्भव देखिएको थिएन । सामाजिक दूरी कायम गराउनका लागि त्यहाँ रेखाङ्कन पनि गरिएको छ । तर, कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर सेवाग्राहीमा देखिन्थ्यो । अधिकाँश सेवाग्राहीले नाक र मुख छोप्ने गरी मास्क झुन्ड्याएका थिए । तर, सामाजिक दूरी कसैले कायम गरेका थिएनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ ।
सेवाग्राहीको गुनासो
चालक अनुमतिपत्रका लागि झण्डै डेढ वर्ष पहिले लिएको परीक्षामा पास भएका धापाखेलका सुमन महर्जन बिहिबार चालक अनुमतिपत्र लिनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगे । झण्डै दुई बजे पसगेका उनी लाम बस्दाबस्दै पालो नआएपछि रित्तो हात फर्कनु परेको बताए । चालक अनुमतिपत्रका लागि कार्यालयले लिएको परीक्षा पास गरेपछि उहाँ यस अघि नै तीन पटक कार्यालय पुगेका थिए । अनुमतिपत्र नआएको जवाफ पाएपछि यसअघि आफू तीन पटक कार्यालय पुगेर फर्किएको उनले बताए । यस पटक भने धेरै अनुमतिपत्र छापिसकेको भन्ने समाचार सुनेर आएको उनले बताए
त्यस्तै चालक अनमतिपत्र नवीकरणका लागि कार्यालय पुग्नुभएकी सीमा भण्डारी काम नै नबनेपछि फर्केका थिए। अनुमतिपत्र लिन जाँदा कार्यालयमा देखिएको भीडका कारण अनुमतिपत्र नलिई फर्किएको उनले बताए । सरकारले सबैतिर सामाजिक दूरी कायम गर्न भनेपनि यातायात कार्यालयमा त्यसको पालना नभएको उनले बताए । यो आर्थिक वर्षको अन्तिममा नवीकरण नगर्दा दस्तुर लाग्ने भएपनि कार्यालयको भीडले गर्दा उहाँले परिसरमा प्रवेश नै गर्नुभएन । उनले भने, “बढी पैसा लागेपनि लागोस् अहिले भीडमा नजाने भन्ने लाग्यो ।”
सरकारले असारको १ गतेबाट सबै सरकारी कार्यालय खुलाएसँगै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अनुमतिपत्र नयाँ वा नवीकरण गर्न आउनेको सङ्ख्या बढीरहेको छ । सेवाग्राहीको भीडका कारण एकातिर सङ्क्रमणको जोखिम बढेको छ भने अर्कातिर कतिपय सेवाग्राही काम नगरी घर फर्कन बाध्य भएका छन् । सेवाग्राहीको अत्याधिक भीडभाडका कारण प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।
दैनिक झण्डै चार सय नयाँ चालक अनुमतिपत्र वितरण भइरहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रले जनाएको छ । त्यस्तै, चालक अनुमतिपत्र नवीकरण गर्न आउनेको सङ्ख्या झण्डै दुई सयको हाराहारीमा छ । त्योभन्दा बढी सेवाग्राही आएपनि फर्किने गरेको कार्यालयको प्रमुख समरबहादुर कार्कीले बताए । कार्यालयसँग यति नै सेवाग्राही फर्किए भन्ने यकिन तथ्याङ्क नभएपनि धेरै सेवाग्राही उसै फर्किएको देखिन्छ । राजस्व बैङ्कमा बुझाउनुपर्ने भएकाले दुई बजेपछि आउने सेवाग्राहीको काम गर्न नसकिने उनले बताए । कार्यालयमा नयाँ अनुमतिपत्र लिने र नवीकरणका लागि आउनेहरुको भीड दुबै शाखामा भएको उनले बताए । उनले भने, “सेवाग्राहीको भीड नियन्त्रण गर्न गाहे भएको छ ।”
कार्यालयले कोभिड–१९ को जोखिम कम गरेर सेवा दिनका लागि तयारी गरेको छ । कार्यालय हाताभित्र प्रवेश गर्दा ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्था मिलाइएको छ । गोलो घेरा बनाएर सेवाग्राहीबीच सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । त्यसको पालना भने गर्न नसकिएको प्रमुख कार्कीले बताए । कार्यालय परिसरमा चार जना प्रहरी खटिएको भएपनि उनीहरुलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । उनले भने, “सेवाग्राही आफैँ सचेत नभएकाले हामीलाई बुझाउन गाहे भइरहेको छ ।”
कर्मचारीको उपस्थिति न्यून
कार्यालयमा सेवाग्राहीको भीड बढीरहँदा कर्मचारी भने सबै आइसकेका छैनन् । झण्डै ५१ जना कार्यरत कर्मचारीमध्ये अहिले ३५ जना मात्रै कार्यालयमा आएको प्रमुख कार्कीले बताए । कतिपय कर्मचारी काठमाडौं उपत्यका बाहिर टाढा जिल्लामा रहेकाले फर्कन सकेका छैनन् । कतिपय कर्मचारी जिल्लाबाट फर्किएपनि अहिले क्वारेन्टाइनमा रहेकाले काममा आउन नपाएको उनले बताए । उनले भने, “सेवाग्राहीको चाप बढी भएपनि कर्मचारी कम भएकाले व्यवस्थापन गर्न गाहे भएको छ ।”
कार्यालयले अहिलेसम्म दैनिक झण्डै छ सय अनुमतिपत्र वितरण गरिरहेकामा अझै झण्डै डेढ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको समयमा समेत अनुमतिपत्र छपाई गरिरहेको थियो । गत पुस १५ सम्मको अनुमतिपत्र आइसकेको छ । त्यो अवधिमा पनि कतिपय अनुमतिपत्र प्राविधिक त्रुटिका कारण विभागबाट नआएको उनले बताए । विभागबाटै अनुमतिपत्र नआएपनि सेवाग्राहीले कार्यालयले नदिएको सोचेर विवाद गर्छन । उनले भने, “सेवाग्राहीलाई बुझाउनै गाहे भएको छ ।”
रु ३८ लाख ५० हजार राजस्व सङ्कलन
विभागले असार १ गतेदेखि विहीबारसम्ममा रु ३८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । गत वर्षहरुमा पनि आर्थिक वर्षको अन्तिम महिनामा कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको थियो । चैतको ११ गतेदेखि जेठसम्म बन्दाबन्दीका कारण सरकारी कार्यालय बन्द रहेको र असार १ गतेबाट कार्यालय खुलेपछि सेवाग्राहीको भीड ह्वातै बढेको बताइएको छ । त्यस्तै सुकेधारा, जगाती र सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज चीन जाँदै
मंसिर १७, २०८१ सोमबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार