स्याङ्जाका कृषकलाई मौरीसहितको घार वितरण
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २३:२:४१
१३ असार,स्याङ्जा । स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकाले व्यवसायिक रुपमा मौरीपालन व्यवसायलाई विस्तार गर्नका लागि स्थानीय नगरका कृषकलाई मौरीसहितको एक-एक सय घार वितरण गरेको छ ।
वालिङ नगरपालिका अन्तर्गत कृषि शाखाले मौरीपालनका लागि आवेदनमा समाबेश भएका ४ वटा समूह तथा सहकारी संस्थाहरुको छनोट गरी ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । उता भीरकोटले सहकारीमार्फत मौरीसहितको घार वितरण गरेको छ ।
वालिङ र भीरकोट नगरपालिकामा पहिलो चरणमा चालु आर्थिक वर्ष मौरीसहितको एक-एक सय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आउँदो वर्ष कार्यक्रमलाई विस्तार गर्दै लगिने भीरकोट प्रमुख छायाँराम खनालले बताए । उनका अनुसार कृषकको क्षमता बढाउने तालिम समेत दिने बताए ।
वालिङ र भीरकोट नगर क्षेत्र मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त मानिएको वालिङ नगर प्रमुख दीलिपप्रताब खाँणले बताए । मौरीपालन व्यवसाय वातावरणीय रुपमा पनि उपयुक्त छ । अन्य कृषि खेती गर्नेलाई समेत प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुग्ने प्रोत्साहन स्वरुप मौरीसहितको घार वितरण गरिएको नगर प्रमुख खाँणले बताए ।
वालिङ् नगरपालिकाले कान्छी मनकामना कृषक समूह, बर्तुङ फूलबारी कृषक समूह, थुमपोखरा कृषि सहकारी संस्था र हुल्काङ कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा २५-२५ वटा मौरीसहितको घार वितरण गरिएको वालिङ नगरपालिका कृषि शाखा प्रमुख केशबहादुर थापाले बताए । मौरीसहितको आधुनिक घारलाई ५० प्रतिशत अनुदानमा प्रति घार ४ हजार ६ सयमा कृषकलाई उपलब्ध गराएको थापाले बताए ।
भीरकोट नगरपालिका ५ मा रहेको नव सिर्जनशिल कृषि सहकारीमार्फत भीरकोटले सहकारीका ७३ सदस्यलाई मौरीसहितको घार दिएको हो । मौरी पालन पकेट क्षेत्र अन्र्तगतको ३२ लाखको अनुदान रकमबाट खरिद गरेर ल्याएको मौरी र घार दिएको नगरपालिको जनाएको छ । आयआर्जनमा बढवा दिन सहकारीले आफ्नो शेयर सदस्यहरुलाई थप मौरी र घार वितरण गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार