जनप्रतिनिधिहरु मैमत्ता साँढे झैः प्रेस युनियन
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १६:२६:४९
१४ असार, काठमाडौं । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका पत्रकारहरुलाई यहि असार १० गते भएको दुर्व्यवहार तथा संचार सामग्री तोडफोडको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यसैगरि विदुर नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख स्वयंले संचारकर्मीमाथि दुर्व्यवहार गरेको घटना समेत निन्दनीय भएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्तिमार्फत जनाएका छन् । गाउँगाउँमा सिंहदरवार भनिएसँगै स्थानिय तहहरुमा अधिकार र जवाफदेही दुबै बढेको उल्लेख गर्दै सो विज्ञप्तिमा अधिकारप्राप्त स्थानिय तहका जनप्रतिनिधिहरुको यस्ता व्यवहार अधिकार पाएका तर जवाफदेहीका कुनै पनि ख्याल नगर्ने मैमत्ता साँढे झैं देखिएको महासचिव शिवाकोटीले उल्लेख गरेका छन् ।
गाउँगाउँमा सिंहदरवार पुग्नुको मतलव कोहि पनि अधिकार प्राप्त अधिकारी सिंह जस्तै बन्नु हैन बरु जवाफदेही र जिम्मेवारी बहन गर्ने विनयी हुनु हो भन्ने कुरा जनप्रतिनिधिहरुले बुझ्न जरुरी भएको महासचिव शिवाकोटीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
युनियन सबै जनप्रतिनिधिहरुलाई संकटको यो समयमा पनि संचारकर्म गरिरहेका संचारकर्मीहरुलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणमा सहजीकरण गर्न अपिल गर्दै संचारसामग्री तोडफोड भएका संचारकर्मीहरुलाई उचित क्षतिपूर्तिको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार