व्यापक भ्रष्ट्राचार मौलाएको भन्दै आाँधीखोला गाँउपालिकाका वडाध्यक्ष पनेरुबिरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १८:४७:४२
१४ असार, स्याङ्जा । विकास निमार्णका काममा फर्जी बिल बनाएर व्यापक भ्रष्ट्राचार र अनियमितता गरेको भन्दै आँधीखोला गाँउपालिका वडा न. ५ का वडाध्यक्ष कृष्णप्रसाद पनेरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखरामा उजुरी परेको छ ।
पूर्वाधार विकासको लागि सांसद क्षेत्र विकास कोषबाट संघीय सांसद नारायणप्रसाद मरासिनीबाट प्राप्त वाह्र लाखको बजेट प्रद्युम्न पनेरु बहुमुखी क्याम्पसको मूलढोकासम्म पुग्ने गरी ल.ई. गरिएको ढलानसहितको पक्की मोटरबाटो बनाउँदा ल.ई. विपरित काम शुरु गरी लक्षित ठाउँमा नपु¥याई सांसद विकास कोषको रकम दुरुपयोग गरेको भन्दै स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, सचेत अभिभावक, नागरिक समाजको तर्फबाट संयुक्त उजुरी परेको हो ।
गत जेठ २८ गते अख्तियारको गण्डकी प्रदेश कार्यालयमा दर्ता भएको उक्त उजुरीको दर्ता न. ३२९९० रहेको छ । सो उजुरीमा भनिएको छ–“ बाह्र लाखको योजनामा आठ लाखमा काम सम्पन्न गर्ने गरी गोप्य सम्झौता गरी गुणस्तरहीन काम गरेर सांसद कोषको रकम दुरुपयोग गरेको तथा आफ्नो अनुकुलको निर्माण समिति गठन गरी स्वयं वडा अध्यक्ष कृष्णप्रसाद पनेरुको राय सुझाव अनुसार काम सम्पन्न भएको छ ।” काम सम्पन्न भई हाल हिसाब समेत फरफारक भईसकेको उक्त क्याम्पस जाने मोटर बाटोमा ल.इ. अनुसारको रङ, छड, सिमेन्ट, गिटी, बालुवा आदिको कुनै मात्रा नपुगेको दावी उजुरीमा गरिएको छ ।
छानविन तथा कारवाहीका लागि अख्तियारमा हालिएको सो उजुरीमा स्थानीय उपभोक्ताले काम र गुणस्तरमा ज्यादै कमजोर भएको भनी आवाज उठाए लगतै वालिङ टेलिभिजन बोलाई सफाई दिने काम स्वयं वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद पनेरुकै पहलमा हुनुले पनि नियतमाथि शंका गर्ने प्रशस्त आधार भेटिएको उल्लेख छ । विभिन्न सञ्चारमाध्यममा सोको समाचार प्रकाशित भई स्थानीय उपभोक्ताहरुको असन्तुष्टि बढ्दै जाँदा उक्त वाह्र लाखको बजेटबाट रु.एक लाख फिर्ता र मोटरबाटोमा प्रयोग गर्न तोकिएका सामानहरु मध्ये रङ् , छड, सीमेन्ट आदि उपभोक्ता समितिलाई फिर्ता गर्न लगाई सफाई लिने प्रयास गरेको पनि उजुरीमा उल्लेख छ ।
वडा अध्यक्ष जस्तो गरिमामय पदलाई वास्तै नगरी मर्यादाविपरीत हरेक आर्थिक पक्षमा संलग्न हुनुले स्थानीय सरकार र जनप्रतिनिधिको मान, मर्यादा र विश्वसनियतामाथि व्यापक प्रश्नहरु उठेको जनाउँदै उजुरीमा आँधीखोला गा.पा.को प्राङ्गणमै रहेको प्रद्युम्न पनेरु मा.वि.को २०७५ सालमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हालका वडाध्यक्ष कृष्णप्रसाद पनेरुको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सवको अवसरमा व्यापक आर्थिक चलखेल भई उजुरी अख्तियारमै विचाराधीन रहेको पनि स्मरण गराइएको छ । उक्त महोत्सवलाई स्थानीय जनसमुदायले भ्रष्ट्राचार महोत्सव भनी नामाकरण गरेको बताइएको छ ।
यसैगरि उक्त विद्यालयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त आर्थिक सहयोगमा ४ कोठे २ तले पक्की भवन निर्माणमा व्यापक आर्थिक चलखेल र गुणस्तरहीन भएको भनी सम्वन्धित विभागका प्राविधिकले जाँसपास नगरेको र यसमा स्थानीय जनप्रतिनिधिले नै ठेकेदारको रुपमा काम गरी २०% कमिशन रकम विद्यालयमा बुझाउने भनी काजग गरेकोमा हालसम्म नबुझाएको स्थानीय जनताले अख्तियारमा हालेको उजुरीमा दावी गरेका छन् ।
गण्डकी प्रदेशको स्याङ्जा जिल्लास्थित आँधीखोला गाँउपालिका ने.क.पा.को शतप्रतिशत बहुमतको एकलौटी स्थानीय सरकार हो । यस पालिकामा स्थानीय, प्रदेश स्तरीय र संघीय स्तरका विभिन्न पूर्वाधारका विकास निर्माणका कामदेखि आन्तरिक प्रशासन, सवारी साधन, इन्धन, मर्मत खर्च, भ्रमण भत्ता अतिथि सत्कार आदिमा अनेक शिर्षक राखी फर्जी विल भरपाई बनाई खर्च अनुमोदन गरेको आम जनमानसमा छाप परेको छ । त्यसमा पनि वडा नं ५ अन्तर्गतका हरेक आयोजनाहरुमा आर्थिक चलखेल र भ्रष्ट्राचार मौलाउँदै गएको उजुरीमार्फत जानकारी दिइएको छ ।
यसअघि नेपालबहस डटकमले वडाध्यक्ष पनेरुको भ्रष्ट्राचार र अनियमितताका बारे सर्वप्रथम समाचार सार्वजनिक गरेको थियो । उनले शक्तिको दम्भ देखाउँदै नेपालबहसका सञ्चारकर्मीलाई धम्काउने र फकाउने दुवै प्रयास गरेका थिए । सो सम्बन्धमा वडाध्यक्ष पनेरुले नेपालबहसमा एक खण्डन पठाउँदै उक्त योजनाको रकमबाट आफ्नो घर जाने बाटो नबनाएको दावी गरेका छन् ।
वडाध्यक्ष पनेरुले गत जेठ २८ गते पठाएको खण्डनमा भनेका छन्, “ स्थानीय पूर्वाधार विकास अन्र्तगतको आँधीखोला गाँउपालिका वडा न. ५ को प्रधुम्न पनेरु क्याम्पस तथा प्रधुम्न पनेरु मावि जोड्ने भित्री बाटो योजनाको लागि १२ लाख विनियोजन भएकोमा टोल तथा वडा भेलाले सर्वसम्मत छानेको समितिमार्फत काम गर्ने गरि योजनाको सम्झौता भई निमार्ण कार्य भईरहेको छ । निमार्ण कार्य हुँदाहुँदैको अवस्था रहेको हुँदा प्राविधिकबाट कामको मुल्यांकन नभएको उक्त योजनाको हालसम्म कुनै रकम भुक्तानी नलिएको र ४ मिटरको मेरो घरतर्फ जाने बाटो म स्वयंमको लगानीमा निमार्ण भएको हो । ”
उनले हालसम्म प्राविधिकबाट मुल्यांकन नभैसकेको, कुनै भुक्तानी पनि नलिएको तथा उपभोक्ता समितिले सकेसम्म राम्रो काम गरेको अवस्थामा आधार र प्रमाण बिना वडाध्यक्षले अनियमितता गरेको आरोप लगाउनुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
हेर्नुस उनले पठाएको खण्डनको पत्र जस्ताको तस्तै:-
तर माथि तस्वीरमा देखिएको उनको घर र बनाइएको ४ मिटरको बाटो आफ्नै खर्चमा बनाएको पनेरुको भनाई छ ।प्राविधिकबाट मुल्याङकन नभएको तथा हालसम्म कुनै भुक्तानी नलिएको दावी गरिएपनि सो योजनाको हाल गाँउपालिकाका ओभरसियरबाट डेढ लाख थप्न लगाई काम सम्पन्न गरि बजेट निकासा भईसकेको जानकारी प्राप्त भएको छ । यद्दपि उक्त बाटो स्टिमेट अनुरुप अझैपनि गुणस्तरीय नभएको व्यापक जनगुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार