लकडाउनको मौकामा सर्लाहीबाट व्यापक तस्करी: व्यापारी र प्रहरीको साठगाँठ
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १७:४९:५२
♦ मर्तुजा मियाँ तेली
१२ असार, सर्लाही । कोरोना महामारीले निम्त्याएको लकडाउनको मौका छोपी सीमानाकाबाट तस्करी मौलाएको छ । सर्लाहीका व्यापारी र जिल्लाका घुमुवा प्रहरीको साठगाँठमा तस्करी मौलाएको बताइएको छ ।
सर्लाहीको मधुवनी, झिलमिलिया, मलंगवा, त्रिभुवन नगर, सिमरा–फेनारा लगायतका नाकाबाट रातारात अवैध ओसारपसार अन्तर्गत समाना ल्याउने र पठाउने काम धमाधम चलिरहेको छ । सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमताेमा तस्करी भइरहेपनि जिल्ला प्रहरी कार्यालय सर्लाही भने बेखबर जस्तै छ । खासमा जिल्ला प्रहरी र सीमा सुरक्षाा बलकाे जिल्ला तहबाटै तस्करी लाइन दिने काम भएकाे बताइएकाे छ ।
तस्करीमा सघाउने चार प्रहरी निलम्बनमा
अवैध तस्करी मौलाइरहेका बेला खुलेआम व्यापारी र तस्करीलाई सहयोग गर्ने चारजना प्रहरी निलम्बनमा परेका छन ।यसबाट सीमाको तस्करीको पोल बाहिर आएको हो । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले मधुवनी नाकाबाट तस्करीमा सघाउने चारजना प्रहरीलाई निलम्बन गरेका हुन । उनीहरुले अवैध तस्करीमा सघाएको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
यस्तो बेला खुलेआम तस्करीमा सघाइरहेका धेरै प्रहरी भएपनि माथिल्लो तहका हाकिमबाट सहयोग नपाएकाहरु मात्रै तस्करीमा सलंग्न भएको आरोपमा निलम्बनमा परेका हुन । व्यापारीसँग साठगाँठ गरेर सशस्त्र प्रहरीदेखि नेपाल प्रहरीका उच्च तहका अधिकारी पनि तस्करीमा सलंग्न रहेको बताइएकाे छ ।
घुमुवाको रजगज, एसपीको हप्ता असुली !
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी छन, विश्वमणि पोखरेल । एसपी पोखरेलले असई मोहन राय यादवलाई घुमुवा प्रहरीको जिम्मेवारी दिएका छन । खासमा घुमुवा प्रहरीले सुक्ष्म अध्ययन गर्ने, सुचना संकलन गर्ने र माथिल्लो तहका प्रहरीलाई जानकारी दिने काम हाे । तर जिम्मेवारी र अधिकार विपरित घुमुवा प्रहरी रायको सर्लाहीका तस्करी, व्यापारी र सीमानाकाका प्रहरीसँग विशेष रजगज छ । एसपीको ‘पावर’ लगाएर व्यापारी, तस्करीसँग पनि रायले राम्रो ‘हप्ताअसुली’ गरिरहेका छन ।
सर्लाहीका पुरानादेखि नयाँ तस्कर, प्लाई उद्योग, समिल, रसायनिक मल बेच्ने डिपो र केही ‘होलसेलर’सँग पनि घुमुवा रायमार्फत हप्ताअसुली चलिरहेको स्रोतको दाबी छ । सर्लाहीको मलंगवा, गोरखाली चौकी, पुरानो अस्पताल, मधुवनी, झिलमिलिया नाकाबाट अहिले अवैध सामानको तस्करीमा केही नयाँ व्यापारी पनि सलंग्न छन ।
खासगरी ज्याला मजदुरी गर्ने युवा, युवती र महिलाहरुलाई ‘ठूलो रकम’को लोभ देखाएर तस्करीमा लगाउने व्यापारीको लामै सूची छ । जसमा नयाँ तस्करदेखि पूराना व्यापारी समेत छन । सामान्य ५०० ज्यालामा काम गरिरहेका युवा, युवती र महिलालाई २००० सम्मको प्रलोभन देखाएर रातीको समय अवैध सामान तस्करी गर्न लगाउने गरेको स्रोत बताउँछ ।
अवैध तस्करीमार्फत ल्याइएको कपडा, हार्डवेयरको सामान, रसायनिक मल, इलेक्ट्रोनिक सामान, मदिराबाट जिल्ला प्रहरी कार्यालयका प्रमुखले हप्ताअसुली गर्ने गर्छन । त्यसबाहेक, पसल, उद्योग र खासगरी प्लाई उद्योगबाट मासिक १ लाखदेखि ५ लाखसम्म एसपीले घुमुवा प्रहरीमार्फत तस्करहरुबाट ‘घुस’ अर्थात ‘हप्ताअसुली’ गर्ने गरेको स्रोतको दाबी छ ।
यी हुन साना, ठूला र पुराना तस्कर !
भारतसँग सीमानाका जोडिएको मधुवनी नाकाबाट तस्करी गर्ने व्यापारी हुन, विजयराज र राजेशसिंह ठकुरी । दुबैले भन्सार छल्दै युवा, युवती र महिलाहरुलाई प्रयोग गरेर भारतबाट सामान भित्र्याउँछन ।
राती ११ बजेदेखि ३ बजेसम्म प्रहरीसँगकाे सेटिङमा अवैध तस्करी गर्ने उनीहरुको धन्दा हो । भारतबाट अनेकौ सामान भित्र्याउनुका साथै नेपालबाट मदिरा, छोकडा, मटर भारत पठाउने तस्करका रुपमा विजयराज र राजेशसिंह ठकुरी परिचित छन । उनीहरु विगतमा पनि तस्करी गर्थे । अहिले नामी तस्कर बन्ने होडमा छन ।
यस्तै सर्लाहीको सदरमुकाम मलंगवामा प्रकाश राय, इन्दल र वीरेन्द्र रायको जगजगी छ । तीनै जना सर्लाहीका नाम कहलिएका तस्कर हुन । पुराना र परिचित तस्करहरुको तस्करी शैली भने नौलो छ । लकडाउनमा सीमा नाकाबाट सिमित सामाना आयात भइरहेका बेला यी तस्कर भने भन्सार छलेर अवैध नाकाबाट लुकीछिपी सामान ल्याउँछन । अनि महंगो मूल्यमा बेच्छन । जसबाट नाफा मात्रै होइन, मुनाफा असुली पनि दोब्बर तेब्बरले गर्छन । उनीहरु सर्लाहीमै ठूला तस्करका नामले परिचित छन ।
यस्तै सिमरा–फेनरा नाकाको तस्करी सरोज राय र विजय शाहको कब्जामा छ । उनीहरुले पनि अवैध तरिकाबाट राती राती युवा र महिलाहरुको प्रयोग गरेर तस्करी गर्ने गरेका छन । केही समय पहिले मलंगवा र मधुवनीबाट मौलाएको तस्करी अहिले गोरखकाली (जहाँ प्रहरी चौकी समेत छ), पुरानो अस्पताल र त्रिभुवन नगर नाकाबाट पनि तस्करी फस्टाएको छ ।
तर तस्करी नियमन गर्ने प्रहरी, सीमा नाकामा रेखदेख गर्ने सशस्त्र प्रहरी महिनावारी बुझ्दै चुपचाप बसेका छन् ।
अवैध नाकाबाट मल तस्करी, दोब्बर तेब्बर नाफा असुली !
अहिले बर्षायाममा धमाधम रोपाई चलिरहेको छ । ठाउँ ठाउँमा रोपाई चलिरहेका बेला रसायनिक मलको भने आपूर्ति निकै कम, न्युन र केही ठाउँमा शुन्यप्राय छ ।
मलको आपूर्ति सहज नभइरहेका बेला अवैध नाकाबाट राती राती बोराका बोरा मल तस्करी गरेर ल्याइएको स्रोत बताउँछ ।
भारतमा ४०० भारुमा पाइने युरिया मल नेपालमा १३ सय रुपैयाँ हालेर बिक्री गरिन्छ । जसबाट व्यापारीले दोब्बर तेब्बर असुली गर्छन । तस्करले एकमुष्ट लाखौँ रुपैयाँ उठाउँछन ।
धान रोप्ने किसानका लागि प्रयोग गरिने डीएपी मल भारतमा ११ सय ८० भारु मूल्य पर्छ । त्यही मल अवैध नाकाबाट तस्करी गरेर नेपालमा २५ सयदेखि ३२ सय रुपैयाँसम्म बिक्री गरिन्छ । यसमा पनि व्यापारीले दोब्बरदेखि तेब्बर नाफा कमाउँछन भने तस्करहरु लाखौँ असुली गर्छन ।
युरिया र डीएपी मल किसानसँगै प्लाई उद्योगले पनि निकै प्रयोग गर्छन । प्लाई उद्योगमा प्रयोगमा आउने भएकाले उनीहरु भन्सार छलेर अवैध सिमा नाकाबाट रसायनिक मल भित्र्याउने गरेका छन । जसबाट व्यापारीले करोडौ असुल्छन, तस्कर र तस्करसँग मिलेका प्रहरीले लाखौँ असुली गर्ने गरेका छन ।
एसपीको लाखौँ हप्ताअसुली !
सर्लाहीमा अहिले १९ वटा प्लाई मेशिन सञ्चालनमा छन । प्लाई मेशिनले खपत गर्ने रसायनिक मल अवैध नाकाबाट तस्करी गरेर ल्याइन्छ । तस्करीमा तस्करदेखि, व्यापारी र प्रहरीको साँठगाँठ छ । यो तस्करी प्रक्रियामा सघाएका प्रहरीसँग सर्लाहीका एसपी विश्वमणि पोखरेलले मासिक लाखौँ असुली गर्ने गरेकाे स्राेतकाे दावी छ । घुमुवा असई माेहन यादवले एउटा प्लाई उद्योगबाट ४ देखि ५ हजार गरी मासिक एक लाखसम्म असुली गर्ने गरेको स्रोतको भनाई छ ।
मलंगवा, बरथहवा, हरकठवा लगायतका ठाउँमा रहेका उद्योगबाट मासिक असुली गर्न थालेपछि व्यापारी प्रहरीसँग तर्सिने गरेका छन । तर हप्ताअसुली पैसा नदिए उद्योगलाई सिल गर्ने धम्की दिने प्रहरीलाई घुस दिनु बाध्यता भएको व्यापारीको भनाई छ ।
घुमुवा प्रहरीबाटै एसपीले असुली गर्ने गरेका छन । बाहिर अरुलाई थाहा नहोस भनेर भित्रभित्रै ‘च्यानल’ मिलाएर तस्करी गर्ने र त्यसको एकमुष्ट पैसा एसपीलाई दिने गरिन्छ । तर केही टाठाबाठा मानिने घुमुवा प्रहरीले एसपीलाई समेत थाहै नदिई गुमराहमा राखेर आफै हप्ताअसुली गर्ने गरेको पनि स्रोतको दाबी छ ।
सर्लाहीका एसपी विश्वमणि पोखरेललाई पनि बेला बेला उनका घुमुवा प्रहरी मोहन राय यादवले ‘जिल्ल’ पार्दै व्यापारी र तस्करबाट लाखौँ असुल्ने गरेको स्रोत बताउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार