राष्ट्रियस्तरका विकास बैंक मध्ये कामना सेवाको बेसरेट सर्वाधिक, कर्जा लिनेलाई निकै ठूलो घाटा
आर्थिक संवाददाता
असार १५, २०७७ सोमबार १९:४९:३८
१५ असार, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारणमा विभिन्न तत्वहरु समावेश भएका हुन्छन् । त्यही कर्जाको व्याजदर तय गर्ने तरिकालाई आधार व्याजदर अथवा बेस रेट भनिन्छ।
आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्नु सामान्यतया सम्भव हुदैन । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा प्रिमियम समावेश गरी त्यस्तो ब्याजदर निर्धारण गर्ने गर्छन् । कुनै पनि संस्थाको आधार व्याज दर धेरै हुनु भनेको त्यहाँबाट ऋण लिनेहरुले महङ्गो व्याजमा ऋण लिएको अनुमान लगाउन सकिन्छ भने कम आधार व्याज दर भएको संस्थाबाट ऋण लिनेहरुले सस्तोमा ऋण लिएको अनुमान लगाउन सकिन्छ ।
राष्ट्रिय स्तरका विकास बैंकको आधार व्याजदर अर्थात बेस रेटलाई आधार मान्दा कामना सेवा विकास बैंकको बेसरेट सर्वाधिक धेरै रहेकाे छ । आर्थिक वर्ष ०७६/७७ को चैत्र मसान्तसम्मको वित्तीय विवरणलाई हेर्दा कामना सेवा विकास बैंकको आधार व्याजदर सर्वाधिक ११ दशमलव ७९ प्रतिशत छ । यसरी कामना सेवा विकास बैंकले दिने ऋण अन्य राष्ट्रिय स्तरका विकास बैंक मध्ये महँगो भएको देखिन्छ । सबैभन्दा सस्तोमा कर्जा प्रवाह गर्ने राष्ट्रिय स्तरको विकास मध्ये शाईन रेसुङ्गा रहेको छ । उक्त विकास बैंकको बेस रेट १० प्रतिशतको वरिपरि छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार