पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १६:३९:५९
१५ असार, कास्की । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ पहिलो प्राथमिकताका सडक र समपुरक अनुदान बजेटबाट गरी १९ किमी सडक कालोपत्रे गरिएको जानकारी दिए ।
उनका अनुसार पहिलो प्राथमिकताका १२ सडकमा १३ किमी सडक कालोपत्रे र ६० किमी बाटो ग्राबेल भएको छ । त्यसैगरी समपूरक अनुदान बजेटबाट १० किमी ग्राबेल र छ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । चालु वर्षमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको महानगरले विभिन्न सडकलाई प्राथमिकताका आधारमा विभाजन गरेको थियो । हालसम्म ७० किमी ग्राभेल, नौ दशमलव ११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, तीन दशमलव पाँच किमी नाला निर्माण, ४१ दशमलव पाँच किमी खानेपानी पाइपलाइन विस्तार गरिएको महानगरले जनाएको छ ।
त्यसैगरी ‘मेयर नमूना सडक’ अन्तर्गत वडा नं १७ को बिरौटादेखि तीनकुनेसम्म ‘आरटिओ’ सडक र वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको बताएको छ । महानगरले पहिलो प्राथमिकतामा राखेका सडकलाई चालु वर्षमा रु ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको थियो । ती सडकमा हालसम्म ६० प्रतिशत भौतिक र ४८ दशमलव छ प्रतिशत वित्तीय प्रगति भएको बताइन्छ ।
मुख्य शहरी सडकको स्तरोनन्ति गर्ने क्रममा महानगर, पूर्वाधार कार्यालय कास्की र सडक विभागसँगको सहकार्यमा रु ४० करोड लागतमा ‘अस्फाल्ट कङ्क्रिट’ गर्नका लागि आवश्यक प्रक्रिया सम्पन्न भएर काम शुरु हुने चरणमा रहेको बताइन्छ । आव २०७६/७७ मा आठवटा मोटरेबल पुलमध्ये वडा नं १६ को घोरकुना मोटरेबल, वडा नं १९ को भोटीखोला मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य पुलको भूमिगत संरचना तयार भएको छ ।
सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको महानगरले जनाएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार