महामारीमा निगमको सुरक्षित उडान, जहाजमै ‘इनफ्लाइट आइसोलेसन जोन’
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २३:९:४५
१६ असार, काठमाडौं । कोरोना महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उनको बाध्यता थियो ।
“पाइलट नयाँ गन्तव्यमा विशेष सजज हुनुपर्छ किनकी उडान निकै चुनौतिपूर्ण हुन्छ, विमानस्थलबारे आवश्यक जानकारी दुई–तीन दिन अघि अध्ययन गरेर पूर्ण तयारी गनुपर्छ”, क्याप्टेन भण्डारीले भने । नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’को लुम्बिनी नामको एयरबस ए-३२० जहाजमाफर्त मलेसियाको क्वालालम्पुरबाट नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार बिहान उत्रेका भण्डारीले कोभिडको महामारीमा सुरक्षित उडान गर्दाका अनुभव सञ्चारकर्मीमाझ बाड्दै थिए ।
एक हप्ता माल्दिम्स, बहराइन, दुबई र मेसियामा उडान गरेका क्याप्टेन भण्डारीलाई ती मुलुकले उडान सुरक्षाका लागि सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सजगता अपनाउने गरेको देखे। यात्रुको स्वास्थ्य सजगताबारे नेपालको सन्दर्भमा भने उनले बिल्कुलै फरक अवस्था पाए ।
“नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकै पटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौँ”, उनले भने, ‘‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौ भन्ने देखिएको छ ।”
जहाजकी विमान परिचारिका सोरिका केसीले पहिलाको तुलनामा अहिलेको उडान फरक र विशेष सजगता अपनाउनुपर्ने बाध्यता रहेको बताउछन । “अहिलेको उडानमा मनोवैज्ञानिक रुपमा पनि असर पर्छ, यात्रुसँग धेरै कुरा सोध्नुपर्ने हुन्छ । सामाजिक दूरी कायम र धेरै हिडडुल नगर्न बारम्बार भन्नुपर्छ”, उनले भने ।
छ वर्षदेखि सेवारत केसीले बन्दाबन्दीको अवधिमै जापान, हङ्कङ्, अष्ट्रेलियाको मेलबर्नलगायत गन्तब्यमा पुग्ने अवसर पाए । राष्ट्रिय ध्वजाबाहक निगमले कोरोना महामारीबीच आफ्नो सीमित स्रोत साधनका बाबजुद अन्तर्राष्ट्रिय प्रतिस्पर्धी एयरलाइन्सको भन्दा स्तरीय सेवा दिइरहेको छ ।
असहज परिस्थितिमा स्वास्थ्य सतर्कता अपनाएर विकसित मुलुकका एयरलाइन्सको भन्दा गुणस्तरीय सेवा प्रदान गरिएको निगमले दावी गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान निर्देशिकालाई परिपालना गर्दै सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।
कोभिडको सङ्क्रमणबाट बचेर उडान गर्नु तथा यात्रुलाई पनि सुरक्षित सेवा दिनु अहिलेको महामारीका बेला कम चुनौतिको विषय हैन । विकसित मुलुक समेत अहिलेको सङ्क्रमणको मारमा छन् । अहिले विश्वका सयौँ एयरलाइन्स ठप्प भएको, हजारौँ संख्याका जहाज ग्राउण्डेड भएको तथा लाखौँ कर्मचारीको जागिर गएको अवस्थामा नेपालको राष्ट्रिय ध्वजाबाहकले अहिले विषम परिस्थितिमा पनि आफ्नो भूमिकालाई अब्बल तुल्याएको निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वाहर्चनले बताए ।
उनले अन्य मुलुकले जहाज थन्क्याउने र कर्मचारी विदा गर्नुपर्ने अवस्थामा पुग्दा निगमले १०० ‘ककपिट क्रु’ र १८० ‘क्याबिन क्रु’ बाट दैनिक सेवा लिन पाउँदा राम्रै उपलब्धिको रुपमा लिएको बताए । उनले उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आयोटाको मार्गनिर्देशनलाई आधार मानेर नियामक प्राधिकरणको स्वीकृति लिएर कोभिड महामारीसम्बन्धी विस्तृत मार्गनिर्देशिका ‘कोरोना अपरेटिङ प्रोसिडियर’ बनाएर उडान सेवा सञ्चालन गरिरहेको जानकारी दिए ।
त्यसोत निगमका लागि अहिलेको विषम परिस्थितिमा आफ्नो ऐतिहासिक अवसर र जिम्मेवारी पनि छ । व्यावसायिक दक्षताका साथ स्रोत र जनशक्तिको भरपुर उपयोग गर्दै अन्तर्राष्ट्रिय उडानमा आफ्नो छबिलाई उचो बनाउने मौका पनि हो । अहिलेको परिस्थितिमा चार्टर्ड उडानका दौरानमा निगको भूमिकाबाट राज्यलाई पनि निकै राहत मिलेको छ । विभिन्न मुलुकमा अलपत्र हजारौँ संख्याका नेपाली ल्याउन निगमका जहाज प्रयोग भएका छन् ।
यसले निगमको व्यवसायिक जीवनमा पनि सकारात्मक प्रभाव परेको छ । लामो समयदेखि आर्थिक सङ्कट खेपिरहेको निगमका लागि बन्दाबन्दीमा धमाधम भइरहेका चार्टर्ड उडानले आर्थिक राहत मिलेको छ । उडानमा खटिने कर्मचारीको परिवारमा जोखिम नहोस भनेर विशेषगरी चालक दलका सदस्यलाई पाँचतारे होटलमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने व्यवस्था गरिएको प्रमुख ज्वाहर्चनले बताए ।
प्रत्येक उडानपछि यो प्रक्रिया गरिन्छ । चालकदलका सदस्यलगायत जहाजमा खटिने कर्मचारीलाई, मास्क, पीपीई, सेनिटाइजर अनिवार्य गरिएको छ । निगमले जहाजका चालकदलका सदस्य देखि यात्रुको सुरक्षा र सहजताका लागि चार्टर्ड उडानमा गरिरहेको व्यवस्थापन प्रसंशनीय रहेको बताइएको छ ।
जहाजमै ‘इनफ्लाइट आइसोलेसन जोन’
निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाजमा कोभिडका सम्भावित सङ्क्रमितलाई मध्यनजर गरी जहाजभित्रै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका सबै चार जहाजमा यो सुविधा छ । जहाजको पछाडिको छ सिटलाई आइसोलेसन बनाइएको छ । जहाज उडेको केही अवधिमा यात्रुमा कुनै लक्षण देखिएमा आइसोलेसनमा राखेर रेखदेख गरिने गरेको छ । यद्यपि अहिलेसम्म जहाजमा कुनै त्यस्ता सङ्क्रमित फेला नगरेको निगमले जनाएको छ ।
बन्दाबन्दीको अवधिमा निगमले ५८ चार्टर्ड उडान गरेको छ । यो यात्रु चार्टर्ड र कार्गोसहितको सङ्ख्या हो । यी उडानमध्ये नौ कार्गोसहित २९ चार्टर्ड उडान हुन् भने बाँकी २९ उडान विभिन्न मुलुकबाट अलपत्र नेपालीको उद्धारका लागि गरिएका उडान भएको निगमले जनाएको छ । यो अवधिमा निगमका जहाजले मात्रै एक लाख ८४ हजार १८७ कार्गो नेपालबाट बाहिर पठाएको छ भने एक लाख ९३ हजार ९२७ कार्गो भित्र्याएको छ ।
बन्दाबन्दीको परिस्थितिमा निगमले आफ्नो उडान गन्तब्य विस्तार गर्दै १४ नयाँ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । यो निगमको उडान सेवाका लागि सुखद अवसर हो । निगमले यो बीचमा चीनको बेइजिङ, अष्ट्रेलियाको सिड्नी, मेलबर्न, व्रिश्वेन, माल्दिभ्स, साउदी अरेबिया, बहराइन, कुवेतलगायत गन्तब्यमा उडान गरेको निगमको अपरेशन विभागले जनाएको छ । निगमले सामान्य अवस्थामा भारतका तीनसहित विभिन्न देशका नौ गन्तब्यमा उडान गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाजले उडान भर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार