सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १५:२२:५५
१८ असार खलङ्गा । जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगैँचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सांसद विकास पूर्वाधारको सबै बजेट प्रयोग गरिने सांसद महतले बताए ।
बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत् चक्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन् र कसरी सफल हुने भन्ने विषयमा छलफल गरिएको छ ।
यहाँको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए ।छलफलमा कृषि अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरीले गुणस्तरीय कलमी व्यवस्थापन, सिँचाइदेखि प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ बगैँचा उत्तम हुने बताए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, स्वादिष्ट र उन्नत जातको स्याउ रोप्नुपर्ने, बगैँचा क्षेत्रमा ‘एप्पल कटेज’ समेत योजना बनाइनुपर्ने सुझाव दिए।पशुसेवा तथा भेटरिनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपे राम्रो हुने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताए ।
उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तीर्थ रिजालले जुम्ला प्रकृतिको वरदानका साथै कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिए । उनले अहिले मार्सी धानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार