बेनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना, एक चौथाइ बजेट सडकमा विनियोजन
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:२६:३८
१९ असार, म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन् । रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ को कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको रु ८८ करोड ६३ लाख ७५ हजार ८९ छ । सडक पूर्वाधारका लागि रु २५ करोड ३८ लाख एक हजार ५८० अथवा २८ प्रतिशत बजेट छुट्टाएका हुन् ।
भौगोलिक आबद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । पूँजीगततर्फ रु १७ करोड ९८ लाख ८५ हजार ५६० विनियोजन गरेको मङ्गलाले सडकलाई रु सात करोड ८९ लाख १५ हजार छुट्टाएको छ । बेनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना अघि सार्दै पूँजीगततर्फ रु १९ करोड ४० लाख छुट्टाएकोे बेनी नगरपालिकाले सडकमा रु पाँच करोड १५ लाख विनियोजन गरेको छ ।
रु १२ करोड ६५ लाख ५२ हजार पूँजीगत बजेट विनियोजन गरेको भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा रु तीन करोड ६४ लाख ८६ हजार ५८० राखेको छ । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन् । रु १३ करोड ६५ लाख पाँच हजार ९४९ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न रु तीन करोड ८३ लाख विनियोजन गरेको छ । मालिकाले कूल लागतको तीन प्रतिशत मर्मतसम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
रु ११ करोड ५८ लाख ३१ हजार पूँजीगत बजेट विनियोजन गरेको रघुगङ्गा गाउँपालिकाले सडकमा रु तीन करोड २० लाख छुट्टाएको छ । रु १३ करोड ३६ लाख पूँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि रु एक करोड ६७ लाख राखेको छ । सडकलगायता पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र शहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
सङ्घीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा रु ११ करोड ५० लाख विनियोजन गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु सात करोड २७ लाख १३ हजार विनियोजन गरेका छन् । बेनी नगरपालिकाले रु ९० लाख, धौलागिरिले रु ७५ लाख, मालिकाले रु एक करोड ७६ लाख १३ हजार, मङ्गलाले रु ८६ लाख, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु एक करोड ४० लाख विनियोजन गरेका छन् ।
कृषि र पशुपालन क्षेत्रमा रु छ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्टाएका छन् । बेनीले रु एक करोड २५ लाख, धौलागिरिले रु एक करोड दुई लाख, मालिकाले रु ७६ लाख, मङ्गलाले रु ९२ लाख ७० हजार, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु सत्तरी लाख विनियोजन गरेका छन् ।
कोरोनाका कारण विदेश र शहरबाट फर्किएर कृषि, पशुपालन, जडीबुटी खेती र लघुउद्यम गर्नेलाई अनुदान दिन रु ३० लाखको युवा स्वरोजगार कोष बनाएको धौलागिरिकी अध्यक्ष थमसरा पुनले बताए । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, कार्यालय सञ्चालनसहित चालु शीर्षकमा रु एक अर्ब ५६ करोड ७७ लाख ७० हजार विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विनियोजन भएकोमध्ये ५० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार