पशुपालन कार्यक्रमका लागि एक करोड ४६ लाख
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:३३:१३
१९ असार, पोखरा । पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
शुद्ध नश्ल बोयर बोका र बङ्गुरका पाठापाठी तथा नेपियर घाँस किसानलाई निःशुल्क वितरण गर्न राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । पशु सेवा केन्द्रमार्फत पशुको निःशुल्क औषधि वितरण कार्यलाई निरन्तर दिन बजेटको व्यवस्था गरिएको उनले बताए । छाडा चौपाया नियन्त्रण गर्न निश्चित रकम तिरेपछि महानगरपालिकाले व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
भूमि बैंकको स्थापनालगायत कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले सङ्घीय अनुदानबाट रु एक करोड ३३ लाख र आन्तरिक स्रोतबाट रु एक करोड ४६ लाख गरी तीन करोड ८९ लाख विनियोजन गरेको छ । बाँझो बारीमा प्रोटिनयुक्त घाँस भन्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने बताउँदै उपप्रमुख गुरुङले मेयर प्रविधिमैत्री कृषि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिन बजेट व्यवस्था गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार