सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १७:०:१८
१९ असार सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो आएपछि प्रशासनले मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।
व्यवसाय सञ्चालन गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य पसल हप्तामा कम्तिमा एक दिन बन्द गर्न व्यवसायीलाई सूचना गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।“व्यवसायीलाई बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुला गर्न र मूल्यसूची टाँस्न निर्देशन दिइएको छ”, सूचना अधिकारी लामिछानेले भने, “होटल, रेष्टुराँलगायत खाजा, नास्ता पसलमा होम प्याकबाहेक सैलुन तथा ब्यूटीपार्लरलाई पूर्ण बन्द गर्न सूचना गरिएको छ ।”
उनका अनुसार जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न अनुमति दिएको प्रशासनले तीन पाङ्ग्रेलाई भने पूर्णरुपले बन्द गर्न निर्देशन दिएको छ । फलफूल, तरकारी, दूध, ग्याँस, औषधिलगायत अत्यावश्यकीय पसल भने निर्वाध खोलिने प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार