देशैभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २२:१:२८
१९ असार, काठमाडौं । यस बर्ष गत बर्षको तुलनामा समयमै मनसुन सक्रिय हँदा ३८ प्रतिशत क्षेत्रफमा रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यही असार १५ गतेसम्म ती क्षेत्रफलमा रोपाइँ सकिएको जनाएको छ ।
कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख छ हजार ६६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा सबै क्षेत्रमा रोपाइँ जारी रहेको बताए ।
गत वर्ष असार १५ गतेसम्म देशभर १४ दशमलव ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा २५ दशमलव २२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।
कर्णाली प्रदेशमा ४९ दशमलव १५, प्रदेश नं ५ मा ४५ दशमलव ९९, प्रदेश नं ३ मा ३६ दशमलव २२, गण्डकी प्रदेशमा ३५ दशमलव ६६, प्रदेश नं २ मा २९ दशमलव ०२ र प्रदेश नं १ मा २१ दशमलव ८० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
यसैगरी उच्च पहाडमा ४० दशमलव ७२, मध्यपहाडमा ३७ दशमलव ९५ र तराईको ३४ दशमलव ३४ प्रतिशत गरी ३५ दशमलव ४७ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष उच्च पहाडमा २९ दशमलव ९६, मध्य पहाडमा २३ दशमलव ०७ र तराईमा ११ दशमलव ०७ गरी १४ दशमलव ७४ प्रतिशत क्षेत्रमा रोपाइँ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार