नेपाल भित्रिन लागेको सलहलाई हावाले उडाएर भारत फर्कायो
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार ०:३७:५
१९ असार , काठमाडौं । भारतबाट नेपाल भित्रिन लागेको सलह कीराको झुण्डलाई हावाले उडाएर फेरि भारततिरै फर्काईदिएको छ । बिहीबार दिउँसो नेपाल भित्रिन लागेको सलहको ठूलो झुण्डलाई हावाले उडाएर भारततिरै फर्काएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा रहेको सलहको झुण्ड मनसुनी वायुले गर्दा झण्डै साढे दुई सय किलोमिटर पर धकेलिएको मन्त्रालयले जनाएको छ । हावाका कारण अब नेपालमा थप सलह भित्रिने सम्भावना कम रहेको मन्त्रालयको भनाई छ । बर्षा पनि बढेकाले सलह भित्रिने र फैलिने समस्या केही हदसम्म कम हुने मन्त्रालयका अधिकारीहरुको बुझाई छ ।
यस्तै सलह नियन्त्रण गर्न सरकारले संयुक्त राष्ट्र संघको खाद्य र कृषि कार्यक्रमँग सहयोग माग्ने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य र कृषि कार्यक्रमसंग सलह नियन्त्रणका लागि कृषि मन्त्रालयले सहयोग माग्न छलफल अघि बढाइएको छ ।
भारतमा सलह फैलिँदै गएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने भएकाले निकट भविष्यमा सलह प्रकोप बढ्न सक्ने र यसका लागि नेपालसंग अनुभव नभएपछि सहयोग मागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार