मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २१:९:७
२१ असार, मेलम्ची । मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो ।
कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताए ।
नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी वाग्मती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, नगरका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने, नगरभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ ।
सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको नगरपालिकाले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको छ । नगरपालिकाले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार