लगानी बोर्डको सीईओ हुन बैंकर सुमन शर्मादेखि चार्टर्ड एकाउण्टेन्टसम्मको आवेदन
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २१:१६:२३
२१ असार, काठमाडौं । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा १२ जनाले आवेदन दिएका छन् । गत चैत्रदेखि रिक्त रहेको सो पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सिफारिस समितिको सचिवालयले प्रक्रिया अगाडि बढाएको थियो । सिफारिस समितिले योग्य उम्मेद्वारसँग गत असार ५ गते प्रस्ताव आह्वान गरि इच्छुकलाई १५ दिनभित्र आवेदन दिन भनेको थियो ।
लगानी बोर्डको सीईओ हुन आकांक्षा राख्नेहरुमा बैंकका चर्चित सीईओदेखि चार्टर्ड एकाउण्टेन्टसम्म रहेका छन् । बोर्डको सीईओका लागि बैंकरहरु सुमन शर्मादेखि बोर्डमा कन्सल्ट्यान्ट रहेका आषिश गजुरेल र रामकृष्ण खतिवडाले पनि आवेदन दर्ता गरेका छन् । कुशल बैंकर तथा शर्मा यसअघि माछापुछ्रे बैंकको सीईओ थिए । प्रदेश १ सरकारको लगानी प्राधिकरणको सीईओ रहेका डा. सरोज कोइरालाले पनि आवेदन गरेका छन् । आवेदन दिनेमध्ये गजुरेल अहिले पनि बोर्डमा कन्सल्ट्यान्ट रहेका छन् भने खतिवडाले दुई बर्षअघि नै बोर्ड छोडिसकेका छन् ।
त्यस्तै पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, डा. रमेश पौडेल, कृष्ण आर्चाय, चण्डिका भट्ट र शिशिर भट्टले पनि बोर्डको सीईओ हुन निवेदन दर्ता गरेका छन् । कोइराला सुचना विभागका पूर्वमहानिर्देशक हुन् भने डा. पौडेल त्रिभुवन विश्व विद्यालयमा अर्थशास्त्र पढाउने सहप्राध्यापक हुन् । त्यस्तै, आर्चाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)का अध्यक्ष हुन् ।कर्मचारी सञ्चय कोषको प्रमुखदेखि थुप्रै संस्थामा काम गरिसकेका आर्चायले राष्ट्रिय बाणिज्य बैंकको सीईओ हुन पनि प्रयास गरेका थिए । त्यस्तै, नेपाल आयल निगमको कार्यकारी निर्देशक भइसकेका चण्डिका भट्ट र राष्ट्रिय योजना आयोगको सदस्य रहेका शिशिर भट्टले पनि आवेदन दिएका छन् । अरु आवेदकको नाम भने खुल्न सकेको छैन् ।
सिफारिस समितिको संयोजक अर्थमन्त्री हुन्छन् । योजना आयोगको उपाध्यक्ष र एकजना सरकारले तोकेको व्यक्ति सदस्य हुने ब्यवस्था छ। समितिले सिफारिस गरेकोमध्येबाट मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रचलन छ ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला परियोजना अगाडि बढाउनका लागि बोर्डको गठन गरेका थिए । १० अर्ब रुपैयाँभन्दा बढी लगानी तथा ५०० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजनालाई एकद्वार नीतिअन्तर्गत लगानी बोर्डले हेर्ने गरेको छ। त्यसबेला राधेश पन्तलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो । पन्तको पदावधि सकिएपछि अधिकारीलाई प्रमुख कार्यकारी बनाइएको थियो।
अधिकारीको कार्यकाल बाँकी छँदै उनलाई गभर्नर नियुक्त गरिएको थियो। त्यसपछि प्रमुख कार्यकारी पद रिक्त रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार