भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन सञ्चालनमा
नेपालबहस संवाददाता
असार २१, २०७७ सोमबार १:३३:४९
२१ असार, हेटौँडा । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने देउराली र हेबीमा केही दिनअघि गएको पहिरो पन्छाई भीमफेदी काठमाडौँतर्फको यातायात सेवा आजैबाट सञ्चालनमा ल्याइएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । उक्त राजमार्गलाई विस्तार गर्ने क्रममा वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीदेखि कुलेखानीसम्म करिब साढे १५ किलोमिटर सडकको विस्तार गर्ने क्रममा निर्माण कार्य भइरहेकाले ठाउँठाउँमा पहिरो जाँदा केही हप्तादेखि कुलेखानीदेखि हेटौँडासम्मको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो ।
काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारी साधनलाई मदन भण्डारी राजमार्गको फाखेल–सिस्नेरीबाट आवतजावत गर्न स्थानीय प्रहरी चौकीले अनुमति प्रदान गरेको सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रविन झाले जानकारी दिए । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने हल्का सवारी साधनलाई व्यक्तिको आवश्यकता हेरी भैँसेस्थित प्रहरीले भीमफेदीतर्फ जाने अनुमति दिएको र खाद्यान्न, औषधि, इन्धन, लत्ताकपडालगायत अन्य सामग्री बोक्ने सवारी साधनलाई त्रिभुवन राजपथको दामन, पालुङ हुँदै मकवानपुरको विभिन्न गाउँमा पठाउने गरेको भैसे प्रहरी चौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले बताए ।
प्रदेशको राजधानी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथमा पर्ने जिपुर र ठिंगनमा केही हप्ता अगाडि पहिरो जाँदा सातदोबाटोबाट हेटौँडासम्मको यातायात सेवा अवरुद्ध रहेको चौघडा प्रहरी चौकी हेटौँडाले जनाएको छ । सो राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छ्याइ यातायात सञ्चालनमा ल्याउन अझै एक महिना लाग्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार