‘खल्तीले ल्यायो दुई गुणा अफर’, रकम पठाउनेलाई ११ दिनमै आफ्नो नगद दुईगुणा पार्ने अवसर
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार १:३१:२२
२२ असार, काठमाडौं । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।
यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ । विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखि ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।
योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रभाणित गरिसक्नु पर्नेछ । प्रबर्धनात्मक योजनामा खल्तीका सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्नेछन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ । विजेतालाई ग्राहकहरूले पठाएको रकममा त्यति नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर खल्तीले विजेताकै खातामा उपलब्ध गराउनेछ ।
बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ । यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् । खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्नेछन् ।
हामीले नगदको सट्टा डिजिटल माध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छु खल्तीका सहायक प्रबन्धक अनिल कार्कीले भने, मोवाइलबाटै नगद कारोबार गर्न सकिने सजिलो, सुरक्षित र छिटो प्रविधिलाई सरकारले समेत प्रोत्साहन गरिरहेको छ । डिजिटल नेपाल बनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं । खल्तीले आफ्नो नारा नै डिजिटल नेपाल, समृद्धिको महाअभियान बनाएको कार्कीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार