काठमाडौं प्लाजाका व्यापारीलाई नहटाउन नेपाल ट्रष्टलाई सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
असार २३, २०७७ बुधबार ३:४१:१४
२३ असार, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ प्लाजाबाट व्यापारीलाई नहटाउन अन्तरिम आदेश दिएको छ । साथै असार २८ गते नेपाल सरकार मन्त्रिपरिषद कार्यालय, नेपाल ट्रष्टलाई अदालतमै उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि भनेको छ ।
भवन बनाउनेदेखि नेपाल ट्रष्टबाट लिजमा लिएर प्लाजा चलाउदै आएका कन्सेप्ट डेभलपर्स प्रालीका प्रमुख तथा अध्यक्ष सुनिलभक्त श्रेष्ठले सोमबार सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चले बर्षौदेखि लिजमा चलाउँदै आएको र सरकारले मागेको भन्दा राम्रो भाडाँ तिर्न तयार भएपनि तत्कालै खाली गराउनुको कारण पेश गर्न ट्रष्टसँग जवाफ माग गरेको छ ।
२०५० सालमा निर्माण गरेर लिजमा सञ्चालन हुदै आएको प्लाजासँगको सम्झौता गएको जेठ मसान्तमा सकिएको थियो । सम्झौता म्याद सकिएपछि नेपाल ट्रष्टले गोरखापत्रमा सुचना निकालेर प्लाजा खाली गर्न व्यापारीलाई निर्देशन दिएको थियो । यसबीचमा श्रेष्ठको कम्पनीले सम्झौता नवीकरण गर्न चाहेपनि नेपाल ट्रष्टले बढी भाडा आउने भन्दै काठमाडौँ महानगरपालिकालाई दिने बाहना बनाएपछि व्यापारी चिन्तित बनेका थिए ।
व्यापारीले पनि अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका छन । उच्च अदालतले ट्रष्टको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । असार २९ गते ट्रष्ट र व्यापारी दुबै पक्षलाई बोलाएको पनि छ ।
यस्तै सर्वोच्चले पनि असार २८ गते नेपाल ट्रष्ट, मन्त्रिपरिषद कार्यालयलाई लिखित जवाफ पेश गर्न भनेको छ । श्रेष्ठको कन्सेप्ट डेभलपर्स प्रा.ली.ले बार्षिक ६२ लाख भाडाँ तिने प्रतिबद्धता जनाएको छ । जबकी महानगरपालिकाले मासिक ६ लाखका दरले ६० लाख भाँडा तिर्ने बताउदै आएको छ । श्रेष्ठले यसबाहेक पुरानो भइसकेको भवनको ८ करोड खर्च गरेर मर्मत गर्ने पनि प्रतिबद्धता जनाएका छन ।
तर ट्रष्टले त्यसलाई बेवास्ता गर्दै आएपछि श्रेष्ठ सर्वोच्चमा पुगेका हुन । सर्वोच्चले आफूलाई न्याय दिने पनि उनले आशा व्यक्त गरेका छन ।
यो पनि पढ्नुहोस
काठमाडौं प्लाजा विवाद : १५ दिनभित्र लिखित जवाफ दिन नेपाल ट्रष्टलाई अदालतको आदेश
काठमाडौं प्लाजा भाडा प्रकरणमा आर्थिक चलखेलको आशंका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार