अवैध मृगौला प्रत्यारोपण आरोपमा चार जना डाक्टर पक्राउ
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार २:३५:१३
काठमाडौं । चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो ।
कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् ।
उनीहरुबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौंका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो ।
प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको बताए । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार
संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता
असोज ६, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना, दुई जना गम्भीर घाइते
असोज १४, २०८१ सोमबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार