आगामी साउनभित्रै चार स्थानीय तहमा चौकी स्थापना हुने
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १९:१६:२
पाल्पा । जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले नयाँ प्रत्येक प्रहरीचौकीमा १५–१५ जनाको दरबन्दी रहेको बताए । प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने छन् । नेपाल सरकारले गत वर्ष असोज ७ गते पाल्पामा प्रहरीचौकीका लागि प्रहरी दरबन्दी स्वीकृत गरिएको थियो । छहरास्थित पुरानो स्वास्थ्यचौकीको भवनमा प्रहरीचौकीबाट सेवा दिइने छ ।
पुरानो स्वास्थ्यचौकीलाई रङरोगन गरी प्रहरीचौकी स्थापना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । रम्भामा प्रहरीचौकीका लागि भवनको खोजी भइरहको छ । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार पीपलडाँडा क्षेत्रमा प्रहरीचौकीका लागि सात दिनभित्र भवनको टुङ्गो लगाउने गरी काम अघि बढेको छ । बगनासकालीमा चिलादीको पुरानो विद्यालयको भवनबाट प्रहरीचौकीको काम अघि बढ्ने छ । विद्यालय गाभिएपछि खाली रहेको विद्यालय भवनमा नै चौकी स्थापना गर्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए ।
माथागढीका प्रशासकीय अधिकृत राजु नेपालले प्रहरीचौकीका लागि भवन र जग्गाको खोजी जारी रहेको बताए । गाउँपालिकाको केन्द्रलाई लक्ष्य गरी प्रहरीचौकी स्थापना हुने भएको छ । जिल्लामा प्रहरीचौकी थपिए पनि हालका चौकीमा प्रहरीको दरबन्दी पूरा हुने सकेको छैन । प्रहरीचौकीको नेतृत्वसमेत तल्ला दर्जाका प्रहरीले सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रामपुर इलाका प्रहरीचौकी, पूर्वखोला इलाका प्रहरीचौकी र मुझुङ इलाका प्रहरीचौकी कार्यालयमा सेवाको बढी चाप देखिन्छ । प्रहरी प्रशासनमा दैनिक मुद्दाका चाप बढ्दो छ । दैनिक काम व्यवस्थापनका गर्न जनशक्तिको अभाव हुँदा प्रहरीलाई समस्या थपिएको छ ।
जिल्लाका अधिकांश प्रहरीचौकीमा सुविधासम्पन्न यातायातका साधनको अभाव छ । शान्ति सुरक्षा कार्यक्रम गर्न सुविधासम्पन्न यातायातका साधनका अभावमा पैदल नै पुग्नुपर्ने हुँदा थप समस्या हुने प्रहरीको भनाइ छ । जिल्लाका केलादी, रुप्स र जप्कादी प्रहरीचौकीले पनि सेवा प्रवाह गर्दै आएका छन् । सर्देवा प्रहरीचौकी र बल्ढेगढी प्रहरीचौकी तथा हार्थोक, अर्गली, बर्तुङ, प्रभाष, दोभान, आर्यभञ्याङ, सराई माथागढी, ताहु, राम्दी, हुँगी, रानीमहल र भुसालडाँडा प्रहरीे कार्यालयबाट सेवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले अस्थायी प्रहरीचौकीबाट नागरिकलाई सेवा प्रदान गरेको छ । बसपार्क, भैरवमन्दिर र रिडीबाट जनताले पाल्पा प्रहरीको सेवा पाउँछन् । जिल्लाका सबै प्रहरीचौकीबाट समुदायसँग प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिँदै आएको थियो । प्रहरीलाई लागुऔषध र लैङ्गिक हिंसा विरोधी तथा अपराध अनुसन्धानका नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता छ । प्रहरी जनशक्तिको अभावमा समेत प्रहरीले नियमित रुपमा सेवा प्रदान गरे पनि कोभिड –१९ का कारण फैलिएको महामारीले ती कार्यक्रम प्रभावित भएका छन् ।
प्रहरीले अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम दिएको आदेश र जारी गरेको वारेन्ट तदारुखताका साथ पालन तथा तामेल गर्नु, शान्तिसुरक्षालाई असर पार्ने खालको खबर सङ्कलन गर्नु र प्रहरीको माथिलो अधिकारीलाई जानकारी गराउनु जिम्मेवारी प्रहरीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार