एक किलो सलह ल्याउनेलाई ५०० : विषादी प्रयोग हानिकारक !
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार ०:५८:१
◊ नारायण ढुङ्गाना
काठमाडौं । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले मन्त्रालयमा उक्त प्रस्ताव पेश गरेको छ । नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।
भारतमा सलहको झुण्ड प्रवेश गरेलगत्तै नेपालमा छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सो कार्यदल गत जेठ १३ गते गठन गरिएको थियो । हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको एउटा झुण्ड असार १३ गते भित्रिएको थियो ।
कार्यदलले अहिले पनि नियमित रुपमा सलहको अध्ययन गरी क्षति कम गर्न आवश्यक सुझाव दिँदै आएको छ । “यसपटकको बैठकले भने सर्वसाधारण पनि सलह नियन्त्रणमा परिचालन हुन सकोस् भनेर एक किलो ल्याउनेलाई रु ५०० को प्रस्ताव हामीले मन्त्रालयमा पेश गरेका छौँ, संयोजक हुमागाईंले भने, “रु २० वा रु ५० दिएर उनीहरुमा उत्साह नै देखिएन, त्यसैले रकम बढाएर नयाँ प्रस्ताव गरेका हौँ ।”
केन्द्रले सलहबाट हुने क्षति कम गर्न सबै निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आङ्कलन गर्दा नेपालमा सानो झुण्ड आएको छ । क्षति पनि धेरै गर्न पाएको छैन । अहिले सक्रिय भएका सलहलाई नियन्त्रण गर्न यो प्रस्ताव लगिएको प्राविधिक कार्यदलका सदस्य किटविज्ञ समुन्द्रलाल जोशी बताउछन ।
विषादी प्रयोग हानिकारक
प्राविधिक कार्यदले विषादी प्रयोगलाई निरुत्साहित गर्दै आएको छ । विभिन्न देशमा विषादी प्रयोग गरिएका छन् तर ती देशको मरुभूमिमा मात्रै बढी प्रयोग भएको छ । मानव बस्ती क्षेत्रमा विषादी प्रयोग गर्दा ठूलो क्षति हुने भएकाले पनि विषादी प्राथमिकतामा छैन । “विषादीले अहिले सलहले गरेकोभन्दा धेरै क्षति गर्न सक्छ, मानवीय र प्राकृतिक वातावरणमै असर गर्ने भएकाले विषादी प्रयोगलाई निरुत्साहित गरेका छौँ”, हुमागाईले थपे ।
अहिले सलह पश्चिम उत्तरतिर लागेकाले पनि विस्तारै हट्दै जाने अनुमान गरिएको छ । भएकालाई घरेलु उपाय अपनाएर समाउने, स्थानीय स्रोत साधन प्रयोग गरेर हटाउने गर्दा नै राम्रो हुन्छ भन्ने निष्कर्ष प्राविधिक समूहको छ । त्यसैले विभिन्न आवाज निकालेर, होहल्ला गरेर, धपाएर नै लखेट्नुको विकल्प नभएको किटविज्ञ जोशी बताउछन । समायो भने कुखुराको दानामा प्रयोग गर्न सकिने वा कसैले खान पनि सक्नेछन् ।
केन्द्रमाथि एक्सनमा गएन कि भन्ने गुनासो पनि आएको बताउँदै केन्द्रका प्रमुख हुमागाइले अहिले नै रासायनिक विषादी हालेर मार्नुपर्छ भन्ने निष्कर्षमा भने नरहेको बताए। उनले नियन्त्रण नै गर्न नसक्ने गरी करोडौँ करोड आयो भने त्यो बेला आवश्यक निर्णय हुने समेत बताए । आवश्यक तयारीमा भने बस्नुपर्ने उनी बताउछन। त्यसको नियन्त्रणका लागि प्रयोग गर्ने यन्त्र उपकरण पनि तयारी राख्नुपर्छ भनेर त्यसतर्फ पनि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए ।
विज्ञका अनुसार सलहको आयु झण्डै तीन महिनाको मात्रै हो । झुण्ड आउने क्रम भने रोकिएको छैन । पटकपटक विभिन्न जिल्लाबाट सलहका झुण्ड प्रवेश गरिरहेको छ । मुलुकका ५४ जिल्लामा प्रवेश गरेको सलह भने विखण्डित हुँदै केही मर्ने, केही शिथिल हुने र केही सक्रिय हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार